पुरानो गौरव फर्काउनका लागि सबै एकजुट हुनुपर्ने पूर्वराजा ज्ञानेन्द्रको भनाई
नेपालगञ्ज । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रको पुरानो गौरव फर्काउनका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् । बाँकेको नेपालगन्जमा बुधवार आयोजित नागरिक अभिनन्दन कार्यक्रममा पूर्वराजा शाहले प्रकृति, श्रमशक्ति र बुद्धि गरिब नभए पनि गरिबी भने नियति बनेको बताए ।
उनले दुई छाक खान र एक सरो लगाउन धेरैलाई धौधौ परिरहेको बताए । विकसित सहरहरू, गाउँहरू आज उजाड भएको बताउँदै उद्योगधन्दा, कलकारखाना र उत्पादनकारी गतिविधि आज निस्प्रभावी बनेको बताए । उनले पुरुष, महिला, जाँगरिलो युवा, अनुभवी बुढाबुढी सबै जुट्नु पर्ने औँल्याउँदै अब राष्ट्रको पुरानो गौरव फर्काउनका लागि सबै लाग्नु पर्ने बताए ।
पूर्वराजा शाहले विक्रम सम्बतको २०१० को दशकदेखि ४० को दशकसम्म नेपालमा पूर्वाधारको निर्माण, उद्योगहरूको स्थापना, औद्योगिक क्षेत्रको निर्माण र भविष्य सुधारका धेरै निर्माण संरचना तथा विधि प्रक्रियाका कामहरू भएको उल्लेख गरे ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया