सचिव भएपछि भक्तपुरमा ९ आना क्षेत्रफलमा टेकनारायण पाण्डेको आलिसान महल

काठमाण्डौ । जिल्ला अदालत, काठमाडौंले नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असूली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा अनुसन्धान गर्न पक्राउ पूर्जी जारी भएपछि बुधबार उनले जिल्ला प्रहरी परिसर काठमाडौंमा आत्मसमर्पण गरेका थिए । लगत्तै उनलाई प्रहरीले जिल्ला अदालत, काठमाडौं उपस्थित गराएको थियो ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै १० देखि ४५ लाख रुपैयाँसम्म असूली गरेको गिरोहसँग मिलेमतो देखिएपछि उनीविरुद्ध मंगलबार पक्राउ पूर्जी जारी भएको थियो ।
भक्तपुरमा महल :
उपसचिव हुदाँ देखिनै पाण्डे सरकारी क्वाटरमा बस्ने गर्थे । पछि सचिवमा बढुवा भएपछि पनि सचिव पाण्डे केही समय सरकारी क्वाटरमै बसे । सचिव भएको एक वर्ष पछि पाण्डेले काठमाडौं पेप्सीकोला स्थित टाउन प्लानिङमा करिब ९ आना क्षेत्रफल जग्गाामा आलिसान महल बनाए । उक्त घर बनाएको देख्नेहरुले त्यतिबेलै पाण्डेले अकूत सम्पत्ति कमाएको आशंका गरेका थिए । रातारात पाण्डेले कसरी आलिसान घर बनाए भन्ने प्रश्न त्यहाँका स्थानीयको मनमा उब्जिदै आएको थियो ।
–तस्विर : भक्तपुरमा ९ आना क्षेत्रफलमा बनेको टेकनारायण पाण्डेको घर
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया