एलिजा गौतमद्धारा सेन्ट देविस विद्यालयका १० विद्यार्थीलाई छात्रावृत्तिको घोषणा

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीकी नेतृ एवम् समाजसेवी एलिजा गौतमले १० जना गरिब, असहाय तथा जेहेन्दार विद्यार्थीहरुलाई कक्षा १ देखि एस.ई.ई.सम्म पूर्ण छात्रावृत्ति प्रदान गर्ने भएकी छिन् । उनले सुकेधारामा रहेको आफूले पढेको विद्यालय सेन्ट देविस ईंग्लिस स्कूलका १० जना विद्यार्थीलाई पूर्ण छात्रावृत्ति दिने भएकी हुन् ।
विद्यालयमा आयोजित एक समारोहकाबीच उनले विद्यालय व्यवस्थापन टिमसँग उक्त सम्झौता गरेकी हुन् । शिक्षा क्षेत्रमा योगदान पुर्याउने आफ्नो बाल्यकालदेखि चाहना भएको उल्लेख गर्दै उनले आज उक्त चाहना पूरा भएकोमा खुशी व्यक्त गरेकी छिन् । सो अवसरमा फाउण्डेशनकी संस्थापक संरक्षक गीतादेवी भेटुवालको पनि उपस्थिति थियो ।
क्याटेगोरी : देश
प्रतिक्रिया