Techie IT
  • १९ असोज २०८१, शनिबार
  • काठमाडौं
Khoj Mission News

बिहानैदेखि बालेनको कडा बोली


काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका नगर प्रमुख बालेन शाहले आज विहानैदेखि क्रमशः विभिन्न विषयमा धारणा सार्वजनिक गरेका छन् । सामाजिक संजाल फेसबुकमा विहानै बालेनले देशकै प्रशासनिक केन्द्रका रूपमा रहेको सिंहदरबार परिसरको फोहोर नउठाउने बताएका छन् । शनिबार बिहान सामजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर शाहले आजदेखि सिंहदरबारको फोहोर नउठाइने बताएका हुन् ।

फोहोर नउठाउने धारणापछि उनले अर्को स्टाटस पनि लेखे । जहाँ अहिलेको सरकार भारत र चीनले बनाएको भनेर ठोकुवा गरिएको छ । र यो सरकालाई आफूले इज्जत नगर्ने भन्दै नेपाल स्वाधिन कहिले हुने र अस्तित्व कहिले बनाउने भनेर प्रश्न गरेका छन् ।

त्यसपछि अर्को स्टाटस लेखेका बालेनले फुटपाथमा निर्माण भएका प्रहरी संरचना हटाउन आग्रह गरेका छन् । फुटपाथमा व्यापार गर्न रोकेको स्मरण गराउँदै नियम सर्वसाधारणका लागि मात्रै नभएर सबैका लागि हुनुपर्ने बताए ।

फोहोरको विषयलाई लिएर बिहानै आक्रोशित मुडमा आएका मेयर बालेन शाहले महानगरपालिका भित्र फुटपाथ मिचेर बनाइएको भन्दै प्रहरी बिटहरूको तस्बिर पनि सार्वजनिक गरेका छन् ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode