Techie IT
  • १३ मंसीर २०८०, बुधबार
  • काठमाडौं
Khoj Mission News

फिफा वरीयतामा नेपाली राष्ट्रिय पुरुष फुटबल टिम एक स्थान माथि उक्लियो, अर्जेन्टिना पहिलो


काठमाण्डौ । फिफा वरीयतामा नेपाली राष्ट्रिय पुरुष फुटबल टिम एक स्थानमाथि उक्लिएको छ । फिफाले बिहीबार अद्यावधिक गरेको वरीयताअनुसार नेपाल एक स्थान सुधार गर्दै १७४औँ स्थानमा उक्लिएको छ । नेपाल यसअघि वरीयताको १७५ औँ स्थानमा थियो । नेपाल एसियाली मुलुकमा भने ३५ औँ स्थानमा छ । यस्तै, दक्षिण एसियाली क्षेत्रमा नेपाल तेस्रो स्थानमा यथावत् छ ।

घरेलु मैदानमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा विजयी भएपछि नेपालको वरीयतामा सुधार भएको हो । नेपालले भुटान र लाओससम्मिलित त्रिदेशीय प्रधानमन्त्री कपको फाइनलसहित तीन खेल खेलेको थियो । यो प्रतियोगिताको फाइनल खेल ‘फिफा विन्डो’मा नभएका कारण अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा परेको थिएन । वरीयतामा भारत दक्षिण एसियाको पहिलो स्थानमा छ । भारत विश्वमा १०१औँ स्थानमा छ ।

विश्व च्याम्पियन अर्जेन्टिना ६ वर्षपछि पिफा वरियतामा शीर्ष स्थानमा उक्लिएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार अपडेट गरेको नयाँ वरियतामा अर्जेन्टिनाले एक स्थान सुधार गर्दै शीर्ष स्थानमा उक्लेको हो । अर्जेन्टिनाले गत डिसेम्बरमा कतारमा भएको विश्वकप उपाधि जितेको थियो । फ्रान्स पनि एक स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएको छ । ब्राजिल भने तेस्रो स्थानमा झरेको छ । एसियाली राष्ट्रतर्फ जापान सबैभन्दा माथि २०औं स्थानमा छ भने इरान २४औं र दक्षिण कोरिया २७औं स्थानमा छ ।


क्याटेगोरी : देश

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode