Techie IT
  • १७ वैशाख २०८२, बुधबार
  • काठमाडौं
Khoj Mission News

प्रदेशको नाम ‘कोशी’ परिवर्तन गर्ने प्रचण्डको आश्वासन


काठमाण्डौ । पहिचानको आधारमा प्रदेशको नामाकरणको माग गर्दै माओवादी केन्द्र निकट मोर्चाहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी निकट विभिन्न जनवर्गीय सङ्गठनहरूले कोशी प्रदेशको नाम पहिचानको आधारमा राखिनुपर्ने भन्दै प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएका हुन् । प्रदेशको नामाकरण कोशी भएपछि उत्पन्न परिस्थित र त्यसको तत्काल वार्ताबाट हल गर्न र आन्दोलनको क्रममा निधन भएकाको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

त्यस्तै ज्ञापनपत्रमा पार्टीले पहिचानको पक्षमा उठेको आन्दोलनको अपनत्व लिँदै नेतृत्वदायी भूमिका खेल्न अनुरोध गरिएको माओवादी नेता सुरेश कुमार राईले जानकारी दिए । षडयन्त्रपूर्वक ढंगले प्रदेश १ मा कोशी नामाङ्करण भएको भन्दै त्यसलाई सच्चाउनुपर्ने उनको भनाइ छ । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री दाहालले पहिचानका निम्ती माओवादी लड्दै आएकाले पहिचानमा आधारमा नामाङ्करण गर्न पहल गर्ने आश्वासन दिएको राईले बताए । त्यस्तै पहिचानका मुद्धालाई माओवादीले नछोड्ने धारणा प्रधानमन्त्रीले राखेको राईले जानकारी दिए ।

तत्कालीन एक नम्बर प्रदेशको नाम ‘कोशी प्रदेश’ राख्नुपर्ने पक्षमा प्रदेश सभामा मतदान गरेको माओवादी केन्द्र त्यसको एक महिनापछि नामांकन सच्याउने पक्षमा उभिएको छ । गत फागुन १७ गते प्रदेशसभाबाट नाम पारित हुँदा माओवादी केन्द्रले भूगोलको आधारमा कोशी प्रदेशको पक्षमा मतदान गरेको थियो । पहिचान पक्षधरले त्यसविरुद्ध आन्दोलन थालेपछि र पार्टी भित्रैबाट पनि विरोध भएपछि माओवादी केन्द्र पहिचानका आधारमा पुनः नामांकन गर्नुपर्ने पक्षमा छ ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode