सत्ता गठबन्धनले सभामुखविरुद्ध महाअभियोग लगाउन सक्ने ओलीको आशंका

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तागठबन्धनले सभामुखमाथि पनि महाभियोग प्रस्ताव ल्याउन सक्ने बताएका छन् । बिहीबार पार्टी निकट पेशागत महासंघ, नेपालको महाधिवेशन उद्घाटन गर्दै ओलीले यसअघि प्रधानन्यायधिशलाई महाभियोग लगाउने गठबन्धन नै अहिले रहेकाले कुनै पनि बेला सभामुखमाथि पनि महाभियोग प्रस्ताव ल्याउन सक्ने बताएका हुन् । अहिलेको गठबन्धनसंग लाजशरम भन्ने नै नरहेकोले संसदमा २५ प्रतिशत र बहुमतको बल देखाउन सक्ने उनको भनाइ छ ।
ओलीले यसअघि गठबन्धनले राष्ट्रपतिलाई पनि महाअभियोग लगाउन धेरै पटक खोजेको भएपनि सफल हुन नसकेको बताए । उनले प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव ल्याएर नियतवस नै सर्वोच्च अदालतलाई लामो समय नेतृत्वविहीन बनाएको आरोप पनि लगाए ।
क्याटेगोरी : देश
प्रतिक्रिया