Techie IT
  • २६ असार २०८२, बिहीबार
  • काठमाडौं
Khoj Mission News

एनआरएनए पोर्चुगलको अध्यक्ष पदमा दीपा काफ्लेको उम्मेदवारी (घोषणापत्रसहित)


गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको अध्यक्षका लागि दीपा काफ्लेले उम्मेदवारी दिएकी छिन् । आगामी नेतृत्व २०२५–२०२७ कार्यकालका लागि विगत लामो समयदेखि पोर्चुगलमा बसोबास तथा व्यवसाय गर्दै आएकी काफ्लेले आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् । उनले उम्मेदवारी घोषणासँगै केही प्रतिबद्धताका साथ पोर्चुगलबासीसँग सहयोग अपिल गरेकी छन् ।
उनले एनआरएनएभित्र महिला नेतृत्वको आवश्यकता महसुस गरेर उम्मेदवारी दिएको बताइन् । एनआरएनएलाई अब फरक तरिकाले अघि बढाउनुपर्ने बेला आएकाले अध्यक्ष पदमा उम्मेदवारी दिएको उनको भनाइ छ । गैरआवासीय नागरिकता, श्रमिक अधिकार, लगानी र युवा तथा महिला सशक्तिकरणलाई मुख्य चुनावी एजेन्डा बनाएको उनले बताइन् ।

दीपा काफ्लेको घोषणा :

आदरणीय अग्रज एवम मित्रहरू,
नमस्कार !!

सर्वप्रथम, पोर्चुगल बासी सम्पूर्ण नेपाली समुदायमा मेरो हार्दिक नमन। आज यस सामाजिक सन्जाल मार्फत आउदो जुलाई (६–७) मा हुन गइरहेको एनआरएनए पोर्चुगलको निर्वाचनमा अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्न चाहन्छु ।
करिब ४ वर्षको यो एनआरएनए यात्राका क्रममा प्रत्यक्ष वा परोक्ष रुपमा संस्थाको दिगो विकास र त्यसका कार्यक्रम सफलताका निम्ती संस्था भित्रै एकजुट भएर आफ्नो क्षमता र समयले भ्याएसम्म सामाजिक योगदान गरेको कुरा जानकारी गराउन चाहन्छु । एनआरएनएलाई संस्थागत, प्रविधीमैत्री, आर्थिक पारदर्शिता, कुशल संस्थागत प्रक्रिया, श्रोतको पहुच, बिभिन्न तहका सरकारसंग सम्बन्ध विस्तार आदी कुराहरुमा मेरो योगदान सम्भवत संस्थामा आबद्ध सबैमाझ लुकेको छैन । यसका साथै संस्थामा दिगो संयमसेवाको अवधारणाको लागीि मेरो प्रयास जारी छ । यसका साथै बिगत देखि म एनआरएनएको १ वर्ष वरिष्ठ उपाध्यक्ष १ वर्ष अध्यक्षको रुपमा काम गर्दै आइरहेको कुरा त सबैलाई अवगत नै छ ।

मेरो विचारमा समाजसेवा यस्तो कार्य हो जसले मानिसको अन्तरमनलाई अलौकिक आनन्द दिन्छ । एउटा यस्तो आनन्द जसले मानिसलाई अनवरत रुपमा समाजमा योगदान गर्न प्रेरित गर्छ । यहि प्रेरणा र माथि उल्लेखित संस्थागत अनुभबका साथ म अगाडि बढ्ने निर्णय गरेको छु । मलाई आशा छ पोर्चुगल बासी नेपाली समुदायले मेरो निर्णयलाई साथ दिएर अझ बढी लगनशिल बनाउनु हुनेछ ।

अध्यक्षका रूपमा मेरा दुई बर्षका कार्य योजनाहरू पक्कै छन जुन म केही समयपछि प्रस्तुत गर्ने छु । तर त्यसलाई पूर्णता दिनु अगाडि कम्युनिटीबाट प्रतिक्रिया लिन चाहन्छु जसका लागि एनआरएनएको अभियानमा सदैव एक स्वयंसेवी र शुभेच्छुकको रुपमा अनवरत रुपमा रही रहनेछु यस संस्था र अभियानमा संलग्न सवैमा नमन गर्न चाहन्छु ! सदा झैँ यहाँहरुको सकारात्मक सल्लाह, सुझाव र प्रतिक्रिया प्रति आभारी रहनेछु ।हजुरहरुको सहयोग र समर्थनको लागि अनुरोध गर्दै मेरो पोस्ट पढिदिनुभएकोमा धन्यवाद दिन चाहन्छु ।

अध्यक्षमा निर्वाचित भएका निम्न कार्यहरु गर्नेछु :

अग्रजको सम्मान, अनुजलाई प्रोत्साहन

१, नेपाली समुदायको वर्गीकरण सहित जनगणना (नेपाली समाज घर निर्माण)
२, नयाँ आगन्तुकहरु लाई सहजीकरण
३, नेपाल र पोर्तुगल सरकारी निकाय संग सहकार्य गरेर सेवाहरु विस्तार
४, नेपाल र पोर्तुगल संस्कृतिक पुल निर्माणमा सक्रिय भुमीका ५ल्च्ल्ब् पारदर्शिता र जवाफदेहीताका लागी नयाँ कार्य योजना
६, सम्पूर्ण नेपालीहरुको समावेशी सहभागिता सुनिश्चितता ७समस्या समाधानका लागि हेल्प डेस्क स्थापना
८, प्रवासी नेपालीको मानसिक स्वास्थ्य स्वास्थ सचेतना र सहयोग
९, नेपाली समुदायको लागि अक्षयकोष स्थापना

-दिपा काफ्ले( २०२५–२०२७) अध्यक्ष पदको प्रत्यासी

यसपटक एनआरएनए पोर्चुगलको अध्यक्ष पदका लागि यसपटक पाँच जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये वर्तमान अध्यक्ष दीपा काफ्ले पुनः उम्मेदवार बनेकी छन्। अन्य उम्मेदवारहरूमा हालका उपाध्यक्ष सुजन लामा, रेखा रेग्मी, कार्यवाहक महासचिव दिपेश विष्ट र वर्तमान सचिव जय बहादुर केसी रहेका छन् ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode