अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडेरिया मैदानमा

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडेरियाले उम्मेदवारी दिने तयारी गरेका छन् । २५ जेठमा हुने २४औँ महाधिवेशनमा उनले उम्मेदवारी दिने तयारी गरेका हुन् ।
उनी हाल यस संगठनको सचिव छन् ।
२०७३ सालमा नवीना लामा संगठनको अध्यक्ष हुँदा उनी काठमाडाैं विश्वविद्यालय अनेरास्ववियुको विद्यार्थी कल्याण परिषद्को संस्थापक अध्यक्ष थिए ।
डा. कडेरियाले चिकित्सा क्षेत्रमा भएको भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आइरहेका छन् । उनीसँग नेसनल मेडिकल स्टुडेन्ट्स एसाेसिएसनका संस्थापक अध्यक्षको रूपमा काम गरेको अनुभवसमेत छ ।
क्याटेगोरी : देश
प्रतिक्रिया