देउडा गीत ‘पिरतीको हल्ला’ सार्वजनिक, जोशीद्धयको स्वरमा दिया र जगदिशको अभिनय (भिडियोसहित)

काठमाडौ । उमाशंकर जोशी र रेखा जोशीको स्वरमा नयाँ देउडा गीत पिरतीको हल्ला सार्वजनिक भएको छ । गायक उमाशंकरको नाममा रहेको युटुब च्यानल Umashankar Joshi मा विहिबार गीत सार्वजनिक गरिएको हो ।
गीतका लेखक तथा संगितकार पनि उमाशंकर जोशी नै रहेका छन् । एरेन्ज र रेकर्डिङ कृष्ण बाजुरालीले गरेको गीत अमृत चापागाईले सम्पादन गरेका हुन् ।
गीतको महत्वपूर्ण पाटो म्युजिक भिडियोमा दिया देवकोटा र जगदिश न्यौपानेले अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन प्रविन थापाले गरेका हुन् ।
हेर्नुहोस गीत :
क्याटेगोरी : देश
प्रतिक्रिया