Techie IT
  • १८ वैशाख २०८२, बिहीबार
  • काठमाडौं
Khoj Mission News

शर्मिला वाइवा र तारा बराललाई कारबाही गर्ने नेकपा (माओवादी) को चेतावनी (विज्ञप्तिसहित)


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले शर्मिला वाइवालाई कारबाही गर्ने चेतावनी दिएको छ । एक अन्तरवार्तामा नेपालमा राजतन्त्र ल्याउन भारतीय सेना र भारतीय जनताको साथ लिने भनेर अभिव्यक्ति दिएको भन्दै भौतिक कारबाही गर्ने चेतावनी दिइएको छ ।

विशेष कमाण्ड इन्चार्ज कमरेड झरनाले जारी गरेको विज्ञप्तिमा लेखिएको छ –“गणतन्त्रका विरुद्धमा भारतबाट सेना ल्याउछु भन्नु शर्मिला वाईबाको शब्द निकै नैतिकहीन छ । नेपाली नागरिक भएर यो शब्द प्रयोग गर्नु पागलपन हो । शर्मिला वाईवाले नेपाल प्रहरी र नेपालको गणतन्त्र माथि अपमान गरेकाले यो शब्द नसच्चाए भौतिक कार्बाही गर्न पछि नहट्ने कुरा प्रस्ट पार्दछौँ ।”

वाईवाले सोझा साँझा नारीहरुलाई कामको प्रलोभनमा पारेर यौन धन्दामा लगाउने र कमिसन खाने जस्ता काम गरिरहेको आरोप लगाइएको छ । त्यसैगरी नेता, प्रहरी, व्यापारीलगायतलाई फसाएर पैसाको बार्गेनिङ गर्ने गरेको उल्लेख गरिएको छ ।

नेपाली युवालाई बैदेशिक रोजगारमा पठाउछु भन्दै र काठमाण्डौमा पनि काममा लगाइदिन्छु भनेर पैसा असुल्ने गरेको आरोप लगाइएको छ । कारबाहीको कडा चेतावनी दिँदै विज्ञप्तिमा लेखिएको छ–प्रहरीले कारबाही नगरे खुट्टा भाँचिदिन्छौँ, भाटा कारबाही गर्छौँ ।

हेर्नुहोस विज्ञप्ति :

 

त्यसैगरी अभियान्ता भनिने तारा बरालको गतिविधिप्रति पनि आपत्ती जनाएको छ ।

भूमिगत रुपमा गतिविधि सञ्चालन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को मध्य कमान्ड, ईन्चार्ज कमरेड सोवितले विज्ञप्ति जारी गर्दै तारा बरालले विभिन्न व्यक्तिहरुलाई ब्ल्याकमेल गर्ने तथा अपराधिक गतिविधिमा संलग्न हुने गरेको आरोप लगाएका हुन् ।

ठमेलमा एक महिलालाई मानसिक तनाब दिएर मर्न बाध्य बनाएको तर आफू बँचेर अर्को निर्दोष महिलालाई दोषी बनाएर जेल पठाएको आरोप लगाइएको छ । दार्चुलाका एक युवासँग लिभिङ टुगेदरमा बसेर पछि ३५ लाख खाएको आरोप पनि लगाइएको छ । अर्का एक युवालाई सिङ्गापुरबाट बोलाएर जबरजस्ती केसमा फसाएर २२ लाख असुलेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राजावादीको नाममा अभियान्ता भन्दै विशेबाट पैसा उठाएर हिनामिना गरेको आरोप लगाइएको छ । कमरेड सोवितले जारी गरेको विज्ञप्तिमा भनिएको छ– “क्रिकेट खेलाडी सन्दिप लामिछानेमाथि लागेको बलात्कार काण्ड म मिलाउँछु भनेर तारा बरालले बुढानिलकण्ठको घर बेच्न लगाइ २० लाख रुपैयाँ लिएको तथ्य प्रमाण हामीसँग उपलब्ध छ ।”

हेर्नुहोस् विज्ञप्ति :


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode