Techie IT
  • ४ चैत्र २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

ओलीले संविधान खारेज गर्न चाहेको प्रचण्डको आरोप


धनुषा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको बताएका छन् । जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले परिवर्तन र संविधान नै खारेज गर्न चाहेको बताएका हुन् । अध्यक्ष प्रचण्डले यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि त्यही भएको दाबी गरे ।

अध्यक्ष दाहालले आफूले मधेशी जनताको माग बमोजिम दुईपटक संविधान संशोधनको प्रस्ताव लैजाँदा रोक्ने पनि वर्तमान प्रधानमन्त्री ओली नै भएको बताए । प्रचण्डले जनता समाजवादी पार्टी नेपाल मन्त्री र सरकारको लोभमा अध्यादेशको पक्षमा नजाने र अध्यादेश स्वीकृत नहुने दाबी गरे । अध्यक्ष दाहालले ओली एमालेको नेतृत्वमा रहुन्जेलसम्म वामपन्थी एकता सम्भव नरहेकोसमेत स्पष्ट पारेकाछन ।

अध्यक्ष दाहालले सरकारमा आफूहरुको ध्यान नरहेकोसमेत दाबी गरे ।


क्याटेगोरी : अड्डामा खोज मिसन, अन्तर्वार्ता, खेलकुद, देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode