साइप्रसमा निधन भएकी तनहुँकी मञ्जु गुरुङको शव नेपाल ल्याइयो (भिडियोसहित)

काठमाडौं । बैदेशिक रोजगारीको सिलसिलामा साइप्रसमा निधन भएकी मञ्जु गुरुङको शव नेपाल ल्याइएको छ । तनहुँको बन्दिपुर गाउँपालिका बटारकी गुरुङको गत मंसिर २० गते निधन भएको थियो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आज शव आइपुगेको हो । शवलाई वैदेशिक रोजगार बोर्डको सहयोगमा गुरुङको गृह जिल्ला तनहुँ लगिएको कांग्रेस नेता रेशम गुरुङले जानकारी दिए ।
परराष्ट्रमन्त्री आरजु राणाको सहयोगमा शव नेपाल ल्याउन सम्भव भएको गुरुङले जानकारी दिए । शव नेपाल ल्याउन ३२ सय ५५ युरो चाहिने तर उक्त रकम नहुँदा शव ल्याउन समस्या भएको थियो । तर परराष्ट्रमन्त्री राणाको आग्रहमा श्रम मन्त्रालयअन्तरगतको वैदेशिक रोजगार विभागबाट १७ सय ५५ युरो अर्थात २ लाख ५० हजार साइप्रस पठाएपछि बल्ल शव ल्याउन सम्भव भएको गुरुङले जानकारी दिए ।
नेता गुरुङले शव नेपाल ल्याउन सहयोग गर्ने परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई धन्यवाद व्यक्त गरेका छन् ।
४२ वर्षीय गुरुङ सन २०१७ देखि साइप्रसलाई कर्मथलो बनाएर बसिरहेकी थिइन् । गुरुङको कलेजोमा संक्रमण तथा निमोनिया भएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा निधन भएको थियो ।
भिडियो लिंक :
https://www.facebook.com/watch/?v=551926097884191&ref=sharing
क्याटेगोरी : अड्डामा खोज मिसन, अन्तर्वार्ता, खेलकुद, देश
प्रतिक्रिया