कालिमाटीको स्मृति बचत तथा ऋण सहकारी संस्था भाग्न खोजेपछि पर्यो प्रहरीको फन्दामा

काठमाडौं । डिल्लीबजारमा केन्द्रीय कार्यालय राखेर काठमाडौंका बिभिन्न स्थानमा शाखा कार्यालय खोलेको स्मृति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्तालाई ठग्दै गएको खुलासा भएको छ । सहकारीमा बिभिन्न प्रलोभन देखाउदै आफनो शाखा कार्यालय बिस्तार गरेको स्मृति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको पैसा नै नतिरेर भाग्न खोजेपछि उसको ठगी धन्दा खुलेको हो । कालिमाटीमा रहेको सहकारीको शाखा कार्यालय शनिबार भाग्न खोजेपछि स्थानीय ब्यापारी र बचतकर्ताले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । गाडीमा सामान राखी सहकारीका सम्पूर्ण कागजात लिएर एक जना जान थालेपछि स्थानीयले रोकेका थिए । त्यसपछि कालिमाटी प्रहरीले गाडीमा राखेको सामानसहित एक जनालाई नियन्त्रणमा लिएको छ । ठगेर भाग्न लागेको भन्दै बचतकर्ता र ब्यवसायी कालिमाटी प्रहरी चौकीमा जम्मा भएका थिए । उनीहरुले सहकारीका अध्यक्ष र पदाधिकारीलाई कारवाहीको दायरमा ल्याउन समेत माग गरेका छन् ।
विगत ६ महिनादेखि सहकारीको शाखा संकटमा परेको थियो । कहिले खुल्ने त कहिले बन्द हुदै आएको स्मृति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शाखा कार्यालयले बचतकर्ताको पैसा समेत फिर्ता दिन सकेको छैन् । बचतकर्ता आफनो हिसाव लिन जाँदा समेत सहकारीले बिभिन्न बाहना बनाउदै आएको थियो । उसले घरभाडा समेत बुझाएको छैन् । डिल्लीबजारमा केन्द्रीय कार्यालय रहेको स्मृति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २०६७ सालदेखि कारोवार गर्दै आएको छ । उसले अहिले नयाँ बानेश्वर, पूरानो बानेश्वर, मैतीदेवी,असन महाबौद्ध, जोरपाटी,सामाखुसी ठमेल लगायतका क्षेत्रहरुबाट बचत उठाउदै आएको छ । तर, सञ्चालकको मनोमानी र अपारदर्शी लगानीका कारण स्मृति बचत तथा ऋण सहकारी संस्था लिमिटेड धरासायी बन्दै गएको छ । बिभिन्न स्थानमा खोलिएका शाखा कार्यालयमा बचतकर्ताको रकम फिर्ता दिन नसकेपछि कागजात लिएर भाग्ने योजना बनाइरहेको सहकारी एक ठाउँबाट त प्रहरीको फन्दामा परेको छ । तर, अव बचतकर्ताको रकम कसरी फिर्ता होला भन्ने चिन्ता थपिएको एक बचतकर्ताले बताए ।
स्मृति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कुन कुन क्षेत्रमा लगानी गरेको छ । सञ्चालकहरुले किन बचतकर्ताको रकम झ्वाम पारेर भाग्न खोजे रु सहकारीभित्रको बेथितिको हामी निरन्तर फलोअफ गर्नेछौं । पछिल्लो समय सहकारी सञ्चालकको मनोमानीका कारण बचतकर्ता ठगिएको र अध्यक्ष र सञ्चालक नै फरार भइरहेका घटना सार्वजनिक भइरहेका छन् ।
क्याटेगोरी : अर्थ/सहकारी, जनगुनासो, देश
प्रतिक्रिया