Techie IT
  • ४ फागुन २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

न्याय परिषद् सदस्य नियुक्तिमा पारदर्शीताको माग राख्दै कानुन व्यवसायीले बुझाए नेपाल बारलाई ज्ञापन पत्र


काठमाण्डौ । न्याय परिषद् सदस्य नियुक्तिमा पारदर्शीता कायम हुनुपर्ने माग राख्दै स्वतन्त्र कानुन व्यवसायी मञ्चले नेपाल बार एशोसिएसनलाई ज्ञापन पत्र बुझाएको छ । बार एशोसिएसनका तर्फबाट न्यायपरिषद् सदस्य सिफारिस गर्दा सार्वजनिक सुनुवाई गर्नुपर्ने र पारदर्शीता कायम हुनुपर्ने माग राख्दै मञ्चले ज्ञापन पत्र बुझाएको हो ।

त्यस्तै मञ्चले इकाई बार एशोसिएसनको सदस्यता लिन कानुन व्यवसायीले सदस्यता फर्म बुझाउन सिफासिर गर्नुपर्ने व्यवस्था हटाउनुपर्ने, जिल्ल तथा उच्च अदालत बार इकाईको सदस्यता लिदा आवश्यक कागजात, योग्यता र दस्तुरमा एकरुपता कायम गर्नुपर्ने माग समेत राखेको छ । त्यस्तै निर्वाचनमा प्रयोग हुने मतपत्रमा प्यानल अनुसार सिरियल राख्ने व्यवस्था हटाई नाम अनुसार व्यवस्था गर्नुपर्ने समेत मञ्चले माग राखेको छ । मञ्चको ज्ञापन पत्र बुझ्दै बार अध्यक्ष गोपालकृष्ण घिमिरेले न्याय परिषद्मा कुनै दाग नलागेको र सिनियर कानूनविदलाई पठाउने कोशीस गरेको बताए । न्याय परिषद् सदस्यका बिषयमा सुनुवाई गर्ने बिषयमा बार सकारात्मक रहेको उनको भनाइ छ ।

मञ्चले आफ्ना मागका बिषयमा मंसिर २६ गतेभित्र सुनुवाई नभए पुष १ गतदेखि बारमा अनिश्चितकालीन धर्ना दिने, पुष ३ गते बार अध्यक्षको कार्यकक्षमा तालावन्दी गर्ने र पुष ५ गते बारको मुल प्रवेशद्वारमा तालावन्दी गर्ने चेतावनी दिएको छ ।

 


क्याटेगोरी : अड्डामा खोज मिसन, अन्तर्वार्ता, खेलकुद, देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode