Techie IT
  • ३ चैत्र २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

उर्जामा चमत्कारिक फड्को, भारतको सहयोगमा नेपालले बेच्यो बंगलादेशलाई विजुली


काठमाण्डौ । नेपालमा उत्पादीत विद्युत बंगलादेश निर्यात गर्न नेपाल–भारत–बंगलादेशबीच त्रिपक्षीय सम्झौता भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक समारोहकाबीच नेपालको तर्फबाट विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, भारतको तर्फबाट एनटीपीसी विद्युत् व्यापार निगमकी प्रमुख कार्यकारी अधिकृत रेणु नारङ र बंगलादेशको तर्फबाट बंगलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहमद रेजुलकरिमले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

१० वर्षमा ५ हजार मेगावाट निर्यातको लक्ष्य लिएको नेपालले पहिलो चरणमा ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने प्राधिकरणले जनाएको छ । हस्ताक्षर समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले त्रिपक्षीय सम्झौता नेपालको विद्युत व्यापारको कोशेढुङ्गा भएको बताए । हरेक वर्षको १५ जुन देखि १५ नोभेम्बरसम्म पाँच वर्ष ४० मेगावाट विद्युत् ढल्केबरबाट मुजफ्फरपुर ट्रान्समिसन लाइनमार्फत बंगलादेशमा निर्यात गरिने छ ।

सम्झौता समारोहमा ऊर्जामन्त्री दिपक खड्काले विद्युत व्यापारसम्बन्धी त्रिपक्षीय सम्झौता ऐतिहासिक भएको बताउनुभयो । उहाले नेपाले पहिलो पटक तेश्रो मुलुकमा विद्युत निर्यात गर्न लागिएको भन्दै यसमा भारतको सहयोग महत्वपूर्ण रहेको जिकिर गरे ।

त्यस्तै बंगलादेशका वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले विधुतसंगै अन्य क्षेत्रमा नेपाल–भारत–बंगलादेशबीचको सहकार्यलाई प्राथमिकतामा राख्ने बताए । सम्झौतासंगै नेपाल–भारत–बंगलादेशबीच त्रिपक्षीयसम्बन्ध थप प्रगाढ हुने उनको भनाइ छ ।

त्यस्तै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले त्रिपक्षीय सम्झौताले विद्युत कनेक्टीभिटीमा नयाँ आयाम थपिएको बताए । दुईदेशबीचको सम्बन्ध निकै प्रगाढ रहेको भन्दै नेपालको विधुत बिकासमा भारतले आवश्यक सहयोग गर्ने उहाले बताउनुभयो । त्यस्तै उहाले नेपालमा बाढी–पहिरोका कारण भएको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहानुभूति पत्र पठाएको जानकारी दिए ।

बंगलादेशलाई बिधुत बिक्री गर्न गरी स्वीकृति पाएपनि बिभिन्न कारणले सम्झौता भने हुन सकेको थिएन् । ढल्केबरबाट मुजफ्फरपुर हुदै बंगलादेशको भेरमारामा विधुत पुग्ने प्राधिकरणले जनाएको छ । बंगलादेशले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने यसअघि नै घोषणा गरिसकेको छ । नेपाल र भारतबीच पनि १० वर्षमा १० हजार बिजुली निर्यात गर्नेसम्बन्धी दीर्घकालीन सम्झौता भइसकेको छ ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode