Techie IT
  • १९ असोज २०८१, शनिबार
  • काठमाडौं
Khoj Mission News

सप्तकोशीको पानी पुलमाथि पुग्यो, ब्यारेजका ५६ वटै ढोका खुला


कोशी ब्यारेजमा पानीको बहाब अत्यधिक बढेपछि पुलमाथिबाट पानी बगेको छ । बाढी कोशीको पुलमाथिबाट पनि बगेको छ । बाढीको बहाव उच्च भएपछि कोशीमा सवारी आवतजावत पनि बन्द गरिएको छ । त्यहाँ शनिबार साँझ मापन गरिएको साढे ५ लाख क्युसेक पानी ३७ वर्षयताकै उच्च हो । यसअघि सन् १९८७ मा ५ लाख २३ हजार क्युसेक मापन भएको थियो । बहाव उच्च भएपछि ब्यारेजका ५६ वटै ढोका खुला गरिएको छ । पुलबाटै पानी बग्न थालेपछि कोशी ब्यारेजमा सवारीसाधन तथा मानिस आवतजावतमा पूर्णरूपले प्रतिबन्ध लगाइएको छ । कोशी आसपास र तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।। ००

अबिरलको वर्षासँगै सप्तकोशी नदीमा आएको बाढीका कारण उदयपुरको बेलाका नगरपालिका क्षेत्र तर्फ डुवानामा परेको छ । बेलाका नगरपालिकाको वडा नम्बर १, २, ३, ८ र ९ सुनसरी जिल्लाको बराहाक्षेत्र नगरपालिकाको वडा नम्बर ६ र ८ का झन्डै २ हजार घर परिवार उच्च जोखिममा परेका छन । उदयपुरको बेलका नगरपालिकाको वडा नं. १, २, ३, ८ र ९ तेसै गरी बराहाक्षेत्र नगरपालिकाको वडा नं. ६ सहित स्थानीय सोमबारे, डुम्रीबोटे, मसान घाट, धौरी टप्पु, चिलिमे, एबीसी, श्रीलंका टापु, रामनगर र सप्तरी जिल्लाका समेत गरी अन्दजी २ हजार गर परिवार र उक्त क्षेत्रमा रहेका बिद्यालय, बिभिन्न सरकारी कार्यालयहरु सप्तकोशी नदीमा आएको बाढीको उच्च जोखिममा परेका छन् । सप्तकोशी नदीमा बहाव बढेर बाढी आउँदा स्थानियलाई डुबाउला कि भन्ने चिन्ता ले सताएको छ भने बाढी घट्दा जमिन कटान गरेर झन् छिटो नदी गाउँ पस्ला कि भन्ने त्रासले सताएको छ ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode