Techie IT
  • १९ असोज २०८१, शनिबार
  • काठमाडौं
Khoj Mission News

बाढी पहिरोमा परी मृत्यु भएकाको परिवारलाई २ लाख दिने गोदावरी नगरपालिकाको निर्णय


ललितपुर । बाढी पहिरोमा परी मृत्यु भएकाको परिवारलाई ललितपुरको गोदावरी नगरपालिकाले तत्काल २ लाख रुपैयाँ राहत दिने भएको छ । अहिलेसम्म नगरपाकिलाभित्रका १३ जनाको मृत्यु भएको छ ।

साथै नगरपालिकाभित्रका विद्यालहरु असोज १६ गतेसम्म बन्द गर्ने निर्णय नगरपालिकाले गरेको छ । बाढी पहिरो रोकथाममा कठीन भइरहेको भन्दै गोदावरी नगरपालिकाले विज्ञप्ति नै जारी गरेको छ ।

बागमती प्रदेशका १० जिल्ला (उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरबाहेक) मा ११ र १२ असोजको दुई दिनमा विपदका घटनाबाट २१ जनाको मृत्यु भएको छ ।

विपद्का घटनाबाट २५ जना बेपत्ता र ३१ जना घाइते भएका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार दुई दिनमा बाढी, पहिरोलगायतका विपदका घटनाबाट सबैभन्दा बढी मृत्यु हुनेमा काभ्रेका १० जना रहेका छन् ।बाढीपहिरोबाट काभ्रेमै ११ जना बेपत्ता र ११ जना घाइते भएका छन् ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode