भोलिदेखि धरहरा अस्थायी रूपमा खुला

काठमाण्डौ । संविधान दिवसका अवसरमा बिहीबारबाट अस्थायी रुपमा नवनिर्मित धरहरा सञ्चालनमा आउने भएको छ । मन्त्रिपरिषद्को यसअघिको निर्णय अनुसार बिहीबारबाट अस्थायी रूपमा धरहरालाई सञ्चालनमा ल्याउन लागिएको हो । अहिलेका लागि धरहरा चढ्नका लागि कुनै शुल्न नलाग्ने शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।
यसैबीच उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले धरहराको अवलोकन गरेका छन् । सो क्रममा उनले मन्त्रिपरिषद्को निर्णय अनुसार अन्तरिम समयमा लागि निशुल्क धरहरा चढ्ने व्यवस्था गरिएको बताए । उनले धरहरा सञ्चालनको कार्यविधि बनेपछि पूर्ण रुपमा सञ्चालनको तयारी भएको जानकारी दिए ।
उनले भने, ‘अहिले चाहिँ अन्तरिम कालका लागि मात्र हो, पब्लिकमा धरहरा बनेको यत्तिका समय भइसक्यो, चढ्न त पाऔं भन्ने त इच्छा छ नि त ।’
एक दिनमा अधिकतम ५ सय सर्वसाधारणले निःशुल्क धहरार चढ्न पाउने गरि व्यवस्था गरिएको छ । भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसको दिनदेखि धरहरा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
क्याटेगोरी : देश
प्रतिक्रिया