Techie IT
  • १९ असोज २०८१, शनिबार
  • काठमाडौं
Khoj Mission News

क्रिप्टो कारोबारमा संलग्न तीन बिदेशी नागरिक सहित ५० जना ललितपुरबाट पक्राउ


ललितपुर । विदेशी नागरिकहरुले नेपालीहरुको समेत मिलेमतोमा ललितपुर महानगरपालिका वडा न. १३ एकान्तकुना, एकतावस्तीमा कल सेन्टर संचालन गर्ने तीन जना विदेशी नागरिकहरु सहित ५० जना पक्राउ परेका छन् । स्थानीय जगदिश उपाध्यायको तीन तले घर भाडामा लिई कल सेन्टर सञ्चालन भइरहेको थियो । केन्द्रीय अनुसन्धान ब्यूरोले त्यहाँबाट कम्प्यूटर, मोबाईल लगायतका ईलेक्ट्रोनिक्स उपकरणहरु सहित नियन्त्रणमा लिएको हो ।

नेपाली युवा युवतीलाई धेरै रकम आम्दानी हुने प्रलोभन देखाई गैरकानुनी रुपमा काममा लगाई रहेको भन्ने बिशेष सुचनाको आधारमा यस ब्यूरोबाट मिति भदौ २६ गते खटी गएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा सो कल सेन्टरबाट Hingee, Bumble, Muslima, Inshaaaah, Salam, Muzz, Okcupid, Alkhattba लगायतका Dating apps हरुमा बिदेशी महिलाको फोटो  Profile picture को रुपमा प्रयोग गरी युरोप, अमेरिका र क्यानडा लगायतका विभिन्न देशहरुका पुरुष ब्यक्तिहरुलाई साथी बनाई घनिष्ट मित्रता कायम गरी Online Platform Hashpack मार्फत Binance, Trust Wallet लगायतका बिभिन्न Digital Wallet हरुमा अमेरिकी डलर जम्मा गरि सो मार्फत गैरकानुनी अभौतिक मुद्रा (Crypto Currency) मा लगानी तथा सो को कारोबार जस्ता क्रियाकलाप संचालन गर्ने गरेको खुल्न आएको छ ।

पक्राउ गरिएका विदेशी नागरिक सहितका नेपाली व्यक्तिहरु केही समय अगाडी संयुक्त अरब ईमिरेट्स (Dubai) मा सोही प्रकृतिको कारोबारमा संलग्न भएको अभियोगमा पक्राउ परी सम्बन्धित देशहरुमा फिर्ता (Deport) भएकोमा पुन: नेपालमा एकतृत भई कल सेन्टर खोली अभौतिक मुद्रा (Crypto) को कारोबार गरेको पाइएको हो ।

प्रारम्भिक अनुसन्धान पश्चात घटनामा संलग्न मुख्य ८  (३  विदेशी र ५ नेपाली नागरिक) जना उपर  मुलुकी अपराध संहिता, २०७४ (संशोधन सहित) परिच्छेद ७ (क) दफा २६२ (क) ‘अभौतिक मुद्राको प्रयोग गर्न नहुने’ सम्बन्धि कसुर अन्तर्गत मुद्धा दर्ता गरी सम्मानित ललितपुर जिल्ला अदालतबाट दिन १० को म्याद थप भई अनुसन्धान भईरहेको । पक्राउ गरिएका अन्य ४२ जना व्यक्तिहरु को हकमा हाजिर जमानीमा राखी अनुसन्धान भईरहेको छ।

बरामद दशीका प्रमाणहरु:-

  1. कम्प्युटर ५५ थान
  2. मोबाईल १९४ थान
  3. ल्यापटप ४ थान
  4. विदेशी पासपोर्ट ४ थान
  5. विभिन्न देशका विदेशी मुद्रा (थाईभाट -५६,६००, American US डलर-१२३, Tanjanaian siling- 10,000, Chinese yuan- 100, UAE दिराम-795, Turkish Lira-170, नेपाली रुपैयाँ १,६२,५००/- )

विदेशमा वा नेपाल सरहद भित्र रही उल्लिखित अभौतिक (Crypto) मुद्रा कारोबारमा संलग्न रहेको पाइएमा संलग्नहरू उपर मुलुकी अपराध संहिता,२०७४ लगायत प्रचलित कानूनबमोजिम कारबाही हुन सक्ने भएकोले बैदेशिक रोजगार तथा अध्ययनको सिलसिला एवम् विदेशमा स्थायी रूपमा बसोबास गरेका नेपाली नागरिकका नेपालमा रहेका आफन्तले ब्यूरोमा जानकारी दिन आग्रह पनि गरेको छ ।

अदालतबाट म्याद थप भई अनुसन्धान भईरहेका प्रतिवादीहरु:-


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode