रचनाको स्वरमा मोनिकाको अभिनय : १ हप्तामा १० लाख भ्यूज, हिन्दी गीत पनि सार्वजनिक (भिडियो)
काठमाण्डौ । यस वर्षको तीज गीत ‘मलाई त अब त्यै केटा चाहियो’ ले १० लाख भ्यूज पार गरेको छ । युटुबमा अपलोड भएको एक हप्तामा गीतको भ्यूज १० लाख नाघेको हो ।
गायिका रचना रिमालको स्वरमा रहेको गीतमा बाबुल गिरीले संगित भरेका छन् । गीतको म्युजिक भिडियोमा मोडल मोनिका बुढाथोकी र रामहरी खड्काले अभिनय गरेका छन् ।
मोनिकाकै अभिनय रहेको हिन्दी गीत ‘हम मर जाएंगे’ पनि आज सार्वजनिक गरिएको छ । सन्तोष सुनारको स्वर, राज गजमेरको निर्देशन रहेको भिडियोमा हरी पाण्डेलाई मोनिकाले अभिनयमा साथ दिएकी छन् ।
अहिलेसम्म मोनिकाले एक दर्जन गीतमा मोडलिङ गरिसकेकी छिन् । मोनिकाले ¥याम्प वाक तथा फेसन शोका ५० भन्दा बढी कार्यक्रममा सहभागिता जनाइसकेकी छिन् । मोडल हन्ट नेपालको सिजन ८ (२०२३) मा उनी सेकेण्ड रनरअप हुनुका साथै मिस पपुलर क्याटागोरीको उपाधि जित्न सफल भएकी थिइन् ।
क्याटेगोरी : देश
प्रतिक्रिया