Techie IT
  • ८ माघ २०८१, मंगलबार
  • काठमाडौं
Khoj Mission News

पत्रकार पुडासैनीमाथि हातपात गर्ने महाराजका समर्थकलाई कारबाही गर्न पत्रकार महासंघको माग


काठमाण्डौ । साउन महिना भरि सञ्चालन भएको पशुपति कोटिहोममा समापनको मध्यराती पत्रकार श्यामसुन्दर पुडासैनीमाथि हातपात भयो । हातपात गर्ने अरु कोही नभएर कोटीहोम आयोजक कृष्णमूर्ति जी महाराज भनेर चिनिने विजय भण्डारीकै मान्छे थिए ।

आयोजकमाथि पत्रकारको हैसियतमा केही प्रश्न गरेका पुडासैनीलाई सुरुमा मञ्चमा बोलाएर मालासमेत लगाएपछि भण्डारीका मान्छेले एकाएक कुटपिट गरेका थिए । कुटपिट मात्रै होइन, आक्रमणकारीले पुडासैनीको साथमा भएको पर्स, सुनको सिक्री, हेलमेटलगायतका सामान पनि लुटेका छन् ।

ले नेपालभ्युजकर्मी पुडासैनीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ । रिपोर्टिङमा पुगेका पत्रकारमाथि भएको कुटपिट र लुटपाटका घटनाले उक्त कार्यक्रमका आयोजकको आपराधिक मनोवृत्ति देखिएको महासंघले जनाएको छ ।

‘यो संविधानप्रदत्त प्रेस स्वतन्त्रताको गम्भीर उल्लंघन हो । पत्रकारमाथि सांघातिक आक्रमण गर्ने आयोजक र व्यक्तिहरू पहिचान गरी कानुनी कारबाही गर्न नेपाल पत्रकार महासंघ सरकारसँग माग गर्दछ ।’ महासंघले भनेको छ ।

 

पुडासैनीलाई कुटपिट भएको समयमा भएको लाइभ भिडियोमा ‘हाम्रो कन्ट्र्याक्टका पत्रकार कहाँ छन् ?’ भन्दै लाइभकर्ताले आक्रोश व्यक्त गरेको प्रष्ट सुनिन्छ । कोटिहोमको प्रचारप्रसारका लागि भण्डारीले सयौं युट्यूबर, अनलाइन पोर्टल, मिडिया र सञ्चारकर्मीलाई कन्ट्रयाक्टमा लिएका थिए ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode