Techie IT
  • २५ कात्तिक २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

जनार्दनले पार्टी फुटाउँदैछन् भन्ने हल्ला सुनाए, तर यो गलत हो : प्रचण्ड


काठमाण्डौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी एकतावद्ध रहेको र एकतावद्ध भएर केन्द्रिय कमिटी बैठकमा जाने प्रष्ट पारेका छन् । आज विहान पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले स्थायी कमिटीको बैठकमा केही सदस्यहरुले भिन्न धारणा राखेपनि त्यसलाई मिलाएर लैजान आफू तयार रहेको बताए ।

अध्यक्ष दाहालले पार्टी उपमहासचिव जनार्दन शर्माले लिखित रुपमा आफ्नो धारणा राखेपनि त्यो फरक मत नरहेको उल्लेख गरे । आफूलाई केही मानिसले पार्टी फुटाउन लागेको भन्ने हल्ला सुनाएकाले केही संशय भने पैदा भएको उनको भनाइ थियो । अध्यक्ष दाहालले जनार्दनले पार्टी फुटाउन खोज्यो भन्ने भ्रमबाट मुक्त हुन आग्रह समेत गरे ।

‘कतिपय सन्दर्भमा आशंका र भ्रम पनि भए । यो बैठकसम्म आउँदा सबै भ्रम चिरिएको छ’, उनले भने, ‘खासगरी कमरेड प्रभाकरले पार्टी फुटाउँछन् भने जस्तो जो मोहाल बनेको छ, यो विकल्प गलत हो ।’

फरक प्रसंगमा प्रचण्डले आफूले गठबन्धन फेरेर एमालेको समर्थनमा विश्वासको मत लिने क्रममै कांग्रेस र एमालेका शीर्ष नेताको भावभंगीले आफूविरुद्ध षड्यन्त्र हुन्छ भन्ने संकेत पाएको खुलासा गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदको रोष्टमबाट बोलेको र देउवाले तलबाट टाउको हल्लाएको स्मरण गर्दै त्यहि दिनबाट आफूविरुद्ध ठूलै षडयन्त्रको गन्ध पाएको बताएका हुन् ।

प्रचण्डले भने– मैले गठबन्धन फेर एमालेको समर्थनमा सरकार बनाएपछि पहिलोपटक विश्वासको मत लिने क्रममा एमाले नेताले बोल्दै गर्दा हाम्रो बोलचाल बन्द भयो,बोलचाल फर्काउनुपरो भनेर वर्तमान प्रधानमन्त्रीले मन्चबाट भनेको र तलबाट कांग्रेस सभापतिले टाउको हल्लाएर अब खोल्ने हो भनेको । त्यो बडो प्रतिकात्मक थियो,मैले बुझिहालेँ । मानिसहरुले त्यसलाई कम ध्यान दिए तर त्यो बुझेर मैले उहाँहरुलाई तपाईहरु मिल्नुस् हामी प्रतिपक्षमा बस्छौं भनेकै हो । माथिबाट बोलचाल बन्द भयो भन्नु र तलबाट हुन्छ हुन्छ भनेको । त्यहि दिनबाट षडयन्त्र हुन्छ भन्ने देखिएको थियो ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode