Techie IT
  • १९ असोज २०८१, शनिबार
  • काठमाडौं
Khoj Mission News

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपमेयरसहितलाई विशेष अदालतले दियो सफाइ


काठमाण्डौ । विशेष अदालतले भ्रष्टाचारको आरोप लागेका ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीसहितलाई सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सबै आरोपितलाई सफाइ दिएको हो ।

उनीहरूमाथि ढुंगा तथा बालुवा उत्खनन् र बिक्री वितरणमा राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोप लागेको थियो । अख्तियारले मेयर महर्जन र उपमेयर मुना अधिकारीले पाँच वर्षमा एक अर्ब चार करोड ८६ लाख ६५ हजार २८७ रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित २१ जेठमा मुद्दा दायर गरेको थियो । उनीहरूले अघिल्लो पाँच वर्षे कार्यकालमा भ्रष्टाचार गरेको अख्तियारको निष्कर्ष थियो ।

ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारी

अख्तियारले ८ जना कर्मचारी, ७ जना खानी सञ्चालक र ७ वटा कम्पनीविरुद्ध पनि मुद्दा चलाएको थियो । अख्तियारले उठाउनुपर्ने जति राजस्व नउठाएको, राजस्व छुट दिएको र भ्याट नउठाएको भन्दै एक अर्ब ४ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको थियो । अख्तियारले पाँच वर्षयता निरन्तर भ्रष्टाचार भएको भन्दै उनीहरुमाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले पाँचवटै मुद्दामा आरोपितहरुले सफाइ पाउने फैसला गरेको हो । नगरपालिकाको आर्थिक ऐनले प्रदेशसभाले बनाएको कानुन भन्दा घटी कर निर्धारण गरेकाले यो भ्रष्टाचारको मुद्दा नभई संवैधानिक व्याख्याको प्रश्न रहेको विशेष अदालतको ठहर छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले खारेज नगर्दासम्म प्रदेशसभासँग बाझिएको गोदाबरी नगरपालिकाको आर्थिक ऐन खारेव हुन नसक्ने फैसला गरेको छ । प्रदेशसभासँग बाझिएको भनिएको कानून अस्तित्वमा रहेको र त्यही कानुन बमोजिमको कर असुल्दा भ्रष्टाचार भएको भन्न नमिल्ने विशेष अदालतले विहीबार जारी गरेको फैसलाको संक्षिप्त रुपमा उल्लेख छ ।

 


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode