Techie IT
  • १९ असोज २०८१, शनिबार
  • काठमाडौं
Khoj Mission News

संविधान संशोधनको विषयमा ओलीको आश्वासनमा प्रचण्डको आशंका कायमै


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता र गणतन्त्रका मूल्य, मान्यताविपरीत संविधान संशोधन हुन नसक्ने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समसामयिक विषयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वस्थ्य प्रतिस्पर्धासहितको लोकतान्त्रिक प्रणाली आफूहरुले संघर्ष गरेर र रोजेर ल्याएकाले देश र जनताका हितलाई सर्वाेपरी राखेर यस प्रणालीलाई स्थापित गर्न सरकार कटिबद्ध रहेको बताएका हुन् ।

“यसबीचमा प्रतिगमनका लागि संविधान संशोधन हुँदैछ भनेर केही भ्रम फैलाउन खोजिएको छ । हामीले जेका लागि संघर्ष गरेका छौँ र सपथ लिएका छौँ । वाचाबन्धन गरेका छौँ । हामीले नै लोकतान्त्रिक प्रणाली मासेर जान सक्दैनौँ । तानाशाहीका पक्षमा हामी थियौँ भने राणा शासन र अधिनायकवादविरुद्ध लड्ने थिएनौँ । हाम्रो विश्वास लोकतन्त्रमाथि भएकाले नै लोकतन्त्रका लागि टाउको र गर्धन थापेर हामी लडेका आएका हौँ ।’, प्रधानमन्त्री ओलीले भने, “संविधान संशोधनीय दस्तावेज हो । लोकतन्त्रका मूल्य, मान्यतालाई अझ बढी सुदृढ र समयानुकूल गर्न तथा जनताका लागि सेवा र सुशासन प्रभावकारीरुपमा दिन सकिने गरी देश र जनताको आवश्यकताका आधारमा यसको संशोधन गर्न सकिन्छ । तर यो संविधानको अवयवका रुपमा रहेका संघीयता र गणतन्त्रका विषयमा प्रतिकूल हुने गरी संशोधन हुन सक्दैन । संशोधन गर्दा राजनीतिक र बौद्धिक छलफलका साथै सदनको दुुई तिहाइ र सर्वस्वीकार्यताका पक्षलाई ध्यानमा राखेर संशोधन ल्याइनेछ ।”

प्रधानमन्त्री ओलीले गन्तव्यबिहीन आन्दोलन र समाज भड्काउने प्रयासबाट कहीँ नपुगिने स्पष्ट गर्दै यस व्यवस्था कार्यान्वयनका केही कमजोरीका विषयलाई अतिरञ्जना गरेर प्रणालीविरुद्ध जाने खालका अभिव्यक्ति उपयुक्त नभएको बताए ।

प्रधानमन्त्री ओलीले सदनमा सांसदहरुले अभिव्यक्ति दिँदा अरुले अनुशरण गर्न मिल्ने गरी दिनुपर्ने तर्फ पनि ध्यानाकर्षण गराए ।

संविधान संशोधनकै विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुईदलीय प्रतिस्पर्धातिर जान खोजेको त होइन भन्ने आशंका गरेका छन् । संसदमा बोल्दै माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेतिर संकेत गर्दै यस्तो आशंका गरेका हुन् । सुरुमा बोलेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरु बहुदलीय प्रतिस्पर्धाको पक्षमा रहेको स्पष्ट पारे पनि दाहालले आशंका व्यक्त गरेका हुन् ।

‘तर केदेखि तर्सिएको के, केदेखि पनि झस्कन्छ भनेझैं उहाँले हुन्छ भनेको हुन्न बुझ्नुपर्ने, हुन्न भनेपछि हुन्छ बुझ्नुपर्ने भएकाले बडो आशंकाको स्थिति कायम छ’, प्रचण्डले भने, ‘आज उहाँले जे बोल्नुभएको छ, त्यो सही साबित होस् ।’

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई समाजमा अराजकता फैलाउने प्रवृत्ति देखिएको बताए । यसको प्रतिवाद गर्न लोकतन्त्रमा विश्वास गर्नेहरु समझदारीमा आउनुपर्ने प्रचण्डले बताए । उनले अगाडि भने, संविधानको रक्षा, प्राप्त उपलब्धीको र रक्षा लोकतन्त्रको सुदृढीकरढणका लागि सबैसँग मिलेर जान तयार छु ।’


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode