Techie IT
  • ४ माघ २०८१, शुक्रबार
  • काठमाडौं
Khoj Mission News

जनार्दनको प्रतिवेदनबारे प्रचण्डको जवाफ : केही हुँदैन सबै मिलेर जान्छ, मलाई टेन्सन छैन


काठमाण्डौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र कुनै समस्या नरहेको बताएका छन् । सोमबार पार्टी कार्यालय पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले पार्टी एकढिक्का भएर अघि बढ्ने भन्दै कुनै समस्या नरहेको बताए । बैठकमा उपमहासचिव जनार्दन शर्माले प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएपछि अन्य सदस्यहरुले पनि यस बिषयमा धारणा राखिरहेका छन् । तर नेतृत्व हस्तान्तरणबारे सञ्चारकर्मीको प्रश्नमा प्रचण्ड भने सवै मिलेर जाने र केहि तनाब नरहेको जिकिर गरे ।

नेतृत्व हस्तान्तरणबारे उनले भने, ‘केही हुँदैन सबै मिलेर जान्छ, तपाईंहरुलाई हो टेन्सन, हामीलाई केही छैन ।’ उपमहासचिव जनार्दन शर्माले बैठकमा लिखित धारणा राख्दै प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका थिए। उनको प्रस्तावमा केही नेताहरुले समर्थन जनाएका छन् ।

प्रचण्डको भनाइलाई समर्थन गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठक सकारात्मक बन्दै गइरहेको बताए ।

सोमबार बैठकमा दिनानाथ शर्मा, यशोदा सुवेदी, हितराज पाण्डे, रेखा शर्मा लगाएतले धारणा राखेका थिए । धारणा राख्ने क्रममा बाहिर आएजस्तो बैठकमा कुनै समस्या नरहेको र स्तरीय छलफल भइरहेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

स्थायी कमिटी बैठक मंगलबार पनि जारी रहने प्रवक्ता सापकोटाले जानकारी दिए ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode