Techie IT
  • ४ चैत्र २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

कांग्रेस र माओवादीको बैठकमा के भयो ?


काठमाण्डौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले भ्रष्टाचार नियन्त्रण र सुशासनका मुद्दामा सरकारमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा उनीहरुले मुलुकलाई सुशासनतर्फ अघि बढाउनका लागि सरकारमा रहेर प्रभावकारी काम गर्नुपर्नेमा जोड दिएका हुन् । साथै उनीहरुले महासमिति बैठकमा उठेका महत्वपूर्ण बिषयलाई कार्यान्वयनमा लैजानुपर्ने समेत धारणा राखेका थिए ।

बैठकमा बिभिन्न ११ वटा एजेण्डाहरुमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । उक्त एजेण्डाहरुलाई छलफल गरि पारित गर्ने तयारी गरिएको छ ।

बुधबारबाट सुरु बैठकमा महासमिति बैठकबाट पारित प्रस्ताब, राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति, १०० दिने सांगठनिक अभियान, भ्रातृ संघ तथा शुभेच्छुक संस्था लगाएतका एजेण्डामाथि छलफल भइरहेको छ । बैठक साउन २८ गते सम्पन्न गर्ने गरि छलफल भइरहेको छ ।

उता नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुक्रबारबाट सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाडाँमा शुक्रबार बसेको बैठकमा बिभिन्न चार एजेण्डामाथि छलफल सुरु भएको प्रवक्ता अग्नि सापकोटाले बताउनुभयो । बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक विकसित घटनाक्रमबारे ब्रिफिङ, वैचारिक, राजनीतिक, सांगठनिक परिस्थिति र कार्यभार तथा विविध एजेण्डामाथि छलफल सुरु गराएका छन् ।

पहिलो एजेण्डाका रुपमा रहेको पछिल्लो राजनीतिक विकसित घटनाक्रमबारे ब्रिफिङमा अध्यक्ष प्रचण्डले टीआरसी विधेयक पारित भएको र आगामी संसदको बैठकमा पेश हुने जानकारी गराएका थिए । बंगलादेश घटनाप्रति शिक्षा लिएर जनताको कुरा सुुन्नुपर्नेमा पनि प्रचण्डको जोड रहेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

त्यस्तै अघिल्लो सरकारले गरेको सुशासन र भ्रष्टाचारविरोधी काम अगाडि बढाउनको सट्टा अहिलेको सरकारले त्यसलाई अवरोध सिर्जना गर्ने काम गरिरहेको प्रचण्डले बताएका छन् । बैठक शनिबार ११ बजे फेरी बस्ने छ ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode