Techie IT
  • २ वैशाख २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

राष्ट्रपतिमा कसले बाजी मार्ला ? यस्तो छ कांग्रेस र एमालेका नेताहरुको दाबी


काठमाण्डौ । नेपाली कांग्रेसका नेता दिपक खड्काले राष्ट्रपतिमा रामचन्द्र पौडेल सर्वसम्मत् रुपमा विजयी हुने दाबी गरेका छन् । रिपोटर्स क्लव नेपालले मंगलबार काठमाडौंमा गरेको साक्षात्कारमा खड्काले प्रखर, योग्य र निष्ठापूर्वक राजनीति गरेको व्यक्तित्वलाई कांग्रेसले अघि सारेको भन्दै पौडेल सर्वसम्मत् रुपमा विजयी हुने दाबी गरेका हुन् । नेता खड्काले कांग्रेसले संविधानको धारा ७६ को ३ अनुसार सरकार बनाउने हो कि भनेर बजारमा चलेको हल्लामा कुनै सत्यता नभएको जिकिर गरे । उनले अहिलेपनि प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा मन्त्रिपरिषद् पूनर्गठन हुने बताए ।

साक्षात्कारमा एमालेकी नेतृ एवं निवर्तमान कृषिमन्त्री ज्वालाकुमारी साहले एमालेले अव प्रतिपक्षीको भूमिका निर्वाह गरेर देश र जनताको सेवा गर्ने बताइन् । व्यक्तित्व र क्षमताको हिसावले सुवास नेम्वाङको बिजयी सुनिश्चित रहेको बताइन् । उनले आफूले कृषिमन्त्रीका रुपमा छोटो अवधिमा धेरै राम्रा कामहरु गरेको दावी गरिन् ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode