Techie IT
  • ३ चैत्र २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

रास्वपाले गर्यो संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता, यस्तो छ विषय


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । विपद् व्यवस्थापनमा पुनरावलोकन, बृहत गुरुयोजना निर्माण तथा स्वास्थ्य संकट पूर्वतयारीसम्बन्धी छलफलका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको हो ।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम ७१ बमोजिम जरुरी सार्वजनिक महत्वको विषयमा छलफलका लागि प्रतिनिधिसभामा प्रस्ताव दर्ता भएको संसद सचिवालयले जानकारी दिएको छ । राज्यमाथि रहेको नागरिकको जीवनको सुरक्षा गर्नुपर्ने दायित्व बहन गर्नुपर्ने, मौलिक हक अधिकार सुनिश्चित गर्नुपर्ने, राज्यसँग प्राप्त स्रोतसाधनको जानकारी राख्न र प्रभावकारी ढंगले सदुपयोग गर्नुपर्ने संकल्प प्रस्तावमा उल्लेख छ ।

यस्तै आकस्मिक स्वास्थ्य संकटको अवस्था हुनसक्ने, तीन तहको सरकारबीच स्पष्ट कार्यक्षेत्र विभाजन गर्नुपर्ने, विपद्को विषयमा प्रतिक्रियात्मकमात्र नभई संसदले पूर्वसक्रियता देखाउनुपर्ने भन्दै संकल्प प्रस्ताव दर्ता गरिएको भनिएको छ ।

संकल्प प्रस्तावको समर्थकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डांगी, सांसदहरु गणेश पराजुली, असीम शाह, विराजभक्त श्रेष्ठ, विन्दवासिनी कंशाकार, डा.चन्दा कार्की रहेका छन् ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode