Techie IT
  • १० जेठ २०८१, बिहीबार
  • काठमाडौं
Khoj Mission News

आरक्ष वचत तथा ऋण सहकारीका सञ्चालक फरार,बचतकर्ताको हारगुहार


काठमाडौं । पछिल्लो समय सहकारीप्रति नागरिकको विश्वास र भरोसा टुटिरहेको छ । एकपछि अर्को गर्दै सिमित सञ्चालकको स्वार्थ र लाभमा लगानी गरिएका सहकारी धारासायी भएका छन भने सञ्चालक फरार हुने क्रम पनि बढिरहेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १५ सितापाईलामा प्रधान कार्यालय र माछापोखरी अनि बौद्धमा सेवा कार्यालय खोलेको आरक्ष वचत तथा ऋण सहकारीमार्फत ठगिएको भन्दै पीडितहरु काठमाडौं महानगरको सहकारी विभाग पुगेका छन् । १५ सय सदस्यको दुई करोड हिनामिना गरेर सञ्चालक फरार भएको भन्दै पीडितहरु बिभिन्न निकायमा धाइरेहका छन ।

विजुलीबजारस्थित सहकारी विभागको कार्यालयले काठमाडौं महानगरपालिकाको अधिकार क्षेत्रभित्र रहेर कारोवार गरिरहेका सहकारीहरुको अनुगमन नियमन गर्दै आएको छ । आजकल दिनहुँजसो यो कार्यालयमा विभिन्न सहकारीका वचतकर्ताहरु सहकारीहरुले आफनो वचत फिर्ता नगरेको भन्दै गुनासो र उजुरी बोकेर आउने गरेका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर १५ सितापाईलामा प्रधान कार्यालय रहेको यो सहकारीले सदस्य सेवा केन्द्र माछापोखरी १६ र बौद्ध ६ मा समेत राखेर कारोबार गर्दैआएको थियो । १५ सय सदस्य रहेको सहकारीमा करिब दुई करोडको कारवोर भईरहेको थियो ।

एक्कासी सहकारीका सिईओ कमल न्यौपाने र अध्यक्ष शारदा आचार्य न्यौपाने फरार भएपछि वचतकर्ताहरुको विचल्ली भएको छ । उनीहरु बचत फिर्ताका लागि हारगुहार गरिरहेका छन । दाङ घर भएका सिईओ र अध्यक्ष श्रीमान श्रीमती हुन् । नियमत एउटै परिवारमा सदस्य सहकारीमा बस्न नपाउने कानुनी ब्यवस्था भएपनि उनीहरुलाई नियमनकारी निकाय र सरकारलाई विगत ३ वर्षदेखी चुनौँती दिदैआएका थिए । अर्कोतर्फ, सहकारी बिक्रिवितरण नहुने कानुन लाई नै छलेर सेटिङमा २०७७ सालदेखि यो सहकारी यीनै श्रीमान श्रीमतिले मनोमानीपूर्ण चलखेलका लागि खरिद गरेका थिए । दाङमा जग्गामा समेत लागनी गरेको र जग्गामा पैसा फसेपछि सञ्चालक सप्पर्क विहिन भएको सदस्यहरु नै बताउछन ।

सितापाईला, माछापोखरी र बौद्ध क्षेत्रका सदस्यहरु यतिबेला आफनो वचत गरेको रकम फिर्ता पाउन र फरार सिईओ र अध्यक्ष लाई तत्काल पक्राउ गर्न माग गर्दै दिनहुँजसो सहकारी विभाग धाईरहेका छन् । वचतकर्ताहरुले समुह नै बनाएर यतिबेला विजुलीबजारस्थित सहकारी विभागमा निवेदन दर्ता गराएका छन । अरु वचतकर्ताहरु पनि विभागको सम्पर्कमा आउनेक्रम जारी छ । विभाग परिसरमा आउने वचतकर्ताहरुको आक्रोश र पिडा भने कहालीलाग्दोे छ खाई नखाई जम्मा गरेका वचतकताहरु आफनो रकम जसरी पनि फिर्ता गराई दिन विभागसँग आग्रह गरिरहेका छन भने कमजोर नियमन र सहकारीलाई छाडा छोडिएकोमा आक्रोश पनि पोखिरहेका छन् ।

पीडितको गुनासो र आक्रोसपछि विभागले तत्कालै सहकारीका अध्यक्ष शारदा आचार्य न्यौपाने, उपाध्यक्ष दिनेश शर्मा, सचिव असिम पन्थी, कोषाध्यक्ष श्रीराम न्यौपाने, सदस्य नरबहादुर घिमिरे, सदस्य निल कुमार प्रधान र सदस्य भुमिलाल श्रेष्ठलाई देश छाडेर बाहिर जानबाट रोक्न भन्दै काठमाडौं प्रहरी परिसरलाई पत्राचार गरिएको छ । सहकारी विभागका प्रमुख देवेन्द्र प्रसाद पोखरेलले प्रहरीलाई पत्राचार गरेर बाँकी वचतकर्ताहरुको उजुरी लिने काम भइरहेको जानकारी दिए । संस्थाका केही पदाधीकारीलाई तत्कालै विभागको सम्पर्कमा ल्याइएपनि बाँकी प्रकिृया सिईओ र अध्यक्षलाई सम्पर्कमा ल्याएपनि अघि बढ्ने बताएको छ ।

सेयर सदस्य र बचतकर्ताको बचत हिनामिना गरेर सञ्चालक फरार हुने, मागेजति निक्षेप फिर्ता नदिने लगायतका गतिबिधिहरु देशैभर बढिरहेका छन् । अध्यक्ष वा सञ्चालकको एकल स्वार्थ र हितअनुकुल चलेका सहकारीमा समस्या देखिदा सदस्य केन्द्रीत सेवा दिएका र सहकारी अभियान अनुसार नै चलेका सहकारीमा समेत बचत फिर्ताको चाप परेको छ । सहकारीभित्र घुसेको मनोमानी रोकेर बचतकर्ताको अर्बौ रकम सुरक्षित गर्न सरकार र सम्बन्धित सरोकारवालाहरु गम्भिर बनुन ।


क्याटेगोरी : अर्थ/सहकारी, जनगुनासो, देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode