Techie IT
  • ४ चैत्र २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

सहकारीको रकम ठगीमा मुछिएका गृहमन्त्री लामिछानेमाथि छानबिन गर्नुपर्छ : कमल थापा


काठमाण्डौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ललिता निवास लगाएत बिभिन्न प्रकरणमा मुछिएका राजनीतिक पृष्ठभूमि भएकाहरु व्यक्तिहरुलाई कारवाही गरेर देखाउन गृहमन्त्रीलाई चूनौति दिएका छन् ।

हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापना लगाएतका बिभिन्न माग राख्दैं बिहीबार काठमाडौंमा आयोजना गरेको प्रदर्शनपछि आयोजित सभामा थापाले ललिता निवास, सुन तस्करी प्रकरणमा ठूला व्यक्तिहरुलाई जोगाउने काम भएको भन्दै उनीहरुलाई कारवाही गरेर देखाउन गृहमन्त्रीलाई चूनौति दिएका हुन् । उनले गृहमन्त्रीमाथि लागेको सहकारी ठगिको बिषयमा पनि सहि ढंगले छानविन गर्न माग गरे ।

सरकार र राजनीतिक दलहरुका कारण नेपाली युवाहरु खाडी मुलुकमा जान बाध्य भएको भन्दै उनले मुलुकको वर्तमान व्यवस्था पूर्ण असफल भएको जिकिर गरे । हिजो जनयुद्धमा बन्दुक बोक्नेहरु खाडी मुलुकमा र बन्दुक बोकाउने नेताहरु रातारात अर्वपति भएको उनको दाबी छ । हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापना, प्रदेश संरचना खारेज, भ्रष्टाचारको अन्त्यलगायतका मागसहित राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गरेको हो ।

 


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode