राष्ट्रियसभा अध्यक्ष कांग्रेसलाई दिन नसक्ने प्रचण्डको संकेत

चितवन । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउनुपर्ने बिषयमा पार्टीभित्र लिखित निर्णय नभएको बताएका छन् । बिहीबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै दाहालले माओवादीको स्थायी कमिटी बैठकमा राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउनुपर्नेमा अधिकांश सदस्यहरुको जोड रहेपनि पार्टीले लिखित रुपमा कुनै निर्णय नगरेको बताएका हुन् । तर उनले अहिले परिस्थिती फरक भएको भन्दै कांग्रेसलाई अध्यक्ष पद नदिने संकेत गरेका छन् ।
शान्ति प्रक्रिया र संविधान लेखनको प्रक्रियामा कृष्ण सिटौलाले खेलेको भूमिकाका आधारमा राष्ट्रियसभाको अध्यक्ष बनाउन सक्ने आफुले केहि समयअघि बताएपनि अहिले घटनाक्रमहरु भिन्न तरिकाले अघि बढेको उनको भनाई छ ।
उनले कोशीमा कांग्रेसकै कारण माओवादी उम्मेदवार पराजित भएकाले नेता कार्यकर्ता आक्रोशित भएको धारणा राखे । त्यस्तै कांग्रेस महासमितिले गठबन्धन गरिदैन भनेर गरेको निर्णय, धर्म निरपेक्षको कुरा बिषय र जनयुद्धको बारेमा बेमौसमको बाजा लगाएतले आशंका उत्पन्न भएको उनको भनाइ छ ।
क्याटेगोरी : देश
प्रतिक्रिया