Techie IT
  • २९ पुस २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

रास्वपाले भन्यो : तत्काल सरकारमा जाँदैनौँ


काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीले यथावस्थामा सरकारमा सहभागी नहुने निर्णय गरेको छ । सोमबार पार्टी कार्यालय बसुन्धारामा बसेको रास्वपाको केन्द्रीय समिति बैठकले अहिलको अवस्थामा सरकारमा सहभागी नहुने तर केहि नयाँ सहमति भए सरकारमा जान सकिने निर्णय गरेको हो ।

बैठकपछि सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले सरकारमा सहभागी हुन प्रधानमन्त्रीले आग्रह गरिरहेको तर नयाँ सहमति भए मात्रै सरकारमा जाने बताए । बैठकले उपचुनाव घोषणाको स्वागत गर्दै चुनावमा जान तयार रहने निर्णय गरेको छ । चितवन २ को उम्मेदवारका बिषयमा औपचारिक निर्णय नभएपनि सभापति रवि लामिछाने आफैं उम्मेदवार हुनेमा विवाद नरहेको सहमहामन्त्री बुर्लाकोटीले बताए ।

बैठकले केन्द्रीय समिति विस्तार गर्दै १६ जना सदस्य थप गरेको छ ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode