Techie IT
  • २२ असोज २०८१, मंगलबार
  • काठमाडौं
Khoj Mission News

आज माघे संक्रान्ति र माघी पर्व मनाइदै


काठमाण्डौ । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व आज देशभर मनाइँदै छ । आज स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी यो पर्व मनाइन्छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ । माघे संक्रान्ति अर्थात् माघी पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ ।

माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ । तराईवासीले माघ १ गतेलाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।

त्यसैगरी वर्षभरिका नयाँ योजना बनाउन र गाउँको अगुवा छान्ने चाड माघी सुरु भएसँगै थारू समुदायमा रौनक छाएको छ । माघ १ लाई नयाँ वर्ष मान्ने यो समुदायले पुस अन्तिमदेखि माघ पहिलो सातासम्म माघी पर्व धुमधाम मनाउँछन् । मौलिक कलासंस्कृति, गीत र नाच प्रदर्शन गर्दै मीठा परिकार खाने गरिन्छ । सामान्यतया माघी पाँच दिन चल्छ । माघ सुरु हुनुअघिका तीन दिनमध्ये पहिलो दिन माछा मारिन्छ भने दोस्रो दिन खसी, सुँगुर र कुखुरा काटेर खानपिन गरिन्छ । तेस्रो अर्थात् पुसको अन्तिम दिन तरुल र गन्जी खन्ने गरिन्छ ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode