Techie IT
  • ४ फागुन २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

वायुसेवा निगमको न्यारोबडी जहाजमा समस्या : १ सय ५२ यात्रु अलपत्र


काठमाण्डौ । काठमाडौंबाट बैंककतर्फ उड्न लागेको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजमा समस्या आएपछि आज एक सय ५२ यात्रु अलपत्र परेका छन् । आज दुईपटक उड्ने प्रयास गर्दा पनि उड्न नसकेपछि यात्रुलाई जहाजबाट ओरालेर टर्मिनल भवनमा फर्काइरहेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाकाले निगमको आरए ४०१ उडान नम्बरको न्यारोबडीमा प्रविधिक समस्या देखिएको जानकारी दिए । निगमसँग अर्को जहाज नभएकोले यात्रु उडान अनिश्चित भएको छ ।

नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले जहाजको हाइड्रोलिक सिस्टममा समस्या देखिएको जानकारी प्राप्त भएको बताए । २ बजेर ४० मिनेटमा उड्नुपर्ने जहाज निगमले बेलैमा नउडाएको भन्दै यात्रुहरु आन्दोलित बनेका छन् । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल दुवइ जाँदा निगमको जहाजले ३१ जना यात्रुलाई अलपत्र पारेको थियो ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode