Techie IT
  • १९ असोज २०८१, शनिबार
  • काठमाडौं
Khoj Mission News

जनयुद्वमाथि प्रचण्डले धोका दिएको मोहन बैद्यको आरोप


काठमाण्डौ । नेकपा (क्रान्तिकारी माओवादीका) महासचिव मोहन बैद्यले १० बर्षे जनयुद्ध सुरु गर्दा गरिएको बाचाका साथ नयाँ क्रान्ति सुरु गर्ने बताएका छन् ।

बैद्यले जनयुद्धको अन्तिम समयमा बिजयी हासिल गर्ने बेला पार्टीकै एउटा हिस्साले बदमासी गरेको र जनताको सपनाहरु चकनाचुर भएकाले अव जनयुद्ध सुरु गर्दा गरिएको बाचाका साथ नयाँ क्रान्ति सुरु गर्ने बताएका हुन् । जनयुद्धमा जनताले गरेको बलिदान र त्यागको सहि मूल्याङ्कन गरेर नयाँ क्रान्ति गर्ने र जनताको मुक्तिका लागि धोका नदिने उनको भनाइ छ ।

बैद्यले जनयुद्धलाई बिचैमा तुहाएर पुष्पकमल दाहालले नेपाली जनतालाई धोका दिएको आरोप लगाए । अब दाहालले दिएको धोकाबाट शिक्षा लिदै अघि बढ्ने र दाहालको विरोध र भण्डाफोर गर्ने उनले बताए । जनताको तीव्र दवावका कारण सरकारले जनयुद्ध दिवसमा सार्वजनिक विदा दिएको भन्दै वैद्यले यसलार्य सकारात्मक भनेका छन् ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode