ठेलामा मकै बेच्दा लखेटिएकी मनकासी घलेलाई झनकराज शर्माको सहयोग (भिडियोसहित)

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले ठेलामा मकै बेच्दा लखेटिएकी मनकासी घलेलाई गोलढुंगा अर्किड एकेडेमीका प्रिन्सिपल झनकराज शर्माले ५ हजार ५ रुपैयाँ सहयोग गरेका छन् । नगर प्रहरीले ति महिलालाई धरपकड गरेको भिडियो केहीबेरपछि शिलापत्र डटकम बाट प्रशारण भएको थियो । शिलापत्रकै समाचार हेरेपछि शर्माले सहयोग गरेका हुन् ।
आइतबार घले बस्ने घरमै पुगेर शर्माले उनको सानो छोराको हातमा रकम हस्तान्तरण गरेका हुन् । आफूले सहयोग गरेको रकमले धेरै ठूला काम नगरेपछि काम गरेर खान चाहनेलाई हौसला होस भनेर सहयोग गरेको शर्माले बताए । सहयोग हस्तान्तरण गर्ने क्रमाले शर्माले जिन्दगिमा आइपर्ने दुःख कष्टसँग संघर्ष गर्दै अघि बढ्न घलेलाई सुझाब दिए । शर्माले आगामी दिनमा पनि अन्य केही सहयोग आवश्यक परेमा सम्पर्क गर्न भनेका छन् ।
घले अहिले मिनभवन नजिक मासिक ४ हजार भाडा तिरेर टहरोमा बस्दै आएकी छिन् । लमजुङ दोर्दी गाउँपालिकाकी २४ वर्षीया घले आफैमा अपाङ्ग छिन् । ७ महिनाको हुँदा आगोले हात जलेको दाहिने हातले काम गर्न मिल्दैन । शरिको अन्य भाग पनि जलेको रहेछ ।
६ वर्षअघि बिहे गरेर श्रीमान्को साथमा उनी काठमाडौं आएकी थिइन् । तर श्रीमान दुव्र्यसनीमा लागेर अहिले सुधार केन्द्रमा राखिएको छ ।
उनका ससुरा पनि मानसिक रोगी छन् । जसको हेरबिचार उनैले गर्नुपर्ने अवस्था छ । आफ्नो र परिवारको अवस्थाले ठेलामा मकै बेचर गुजारा गर्न बाध्य उनलाई महानगरले लखेटेपछि अहिले चिन्तामा छिन् । महानगरले निश्चित ठाउँ र समय तोकेर मकै बेच्न दिए आफ्नो गुजारा चल्ने उनी बताउँछिन् ।
क्याटेगोरी : देश
प्रतिक्रिया