Techie IT
  • १० जेठ २०८१, बिहीबार
  • काठमाडौं
Khoj Mission News

न्यु डायमण्ड स्पोर्ट्स क्लब अपराजित


काठमाण्डौ । न्यु डायमण्ड स्पोर्ट्स क्लब अपराजित रहदै छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सोमबार एपीएफ क्लबलाई ३–१ को सेटमा हराएर डायमण्डले अपराजित रहदै फाइनलमा स्थान बनाएको हो । एपीएफमाथि न्यु डायमण्डले २५–२१, २५–१९,२१–२५ र २५–२१ ले हराएको हो । यस जितसँगै न्यु डायमण्डले ३ खेलमा ९ अंक जोड्यो ।

र, शीर्ष स्थानमा रहदै फाइनलमा प्रवेश गरेको छ । एपीएफ पनि दोस्रो स्थानमा रहेर फाइनल पुगेको छ । एपीएफले ३ खेलमा ६ अंक जोड्यो । प्रतियोगिताको फाइनल खेल मंगलबार हुनेछ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा जारी प्रतियोगितामा ४ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताका विजेता टोलीले नगद तीन लाख रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode