Techie IT
  • ३ चैत्र २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

एमालेको अभियान अछाममा, के भने ओलीले ?


अछाम । नेकपा एमालेको समृद्धि संकल्प यात्राको तेस्रो दिन आज यात्रा टोली अछाम पुगेको छ । डडेलधुराको अमरगढीमा आमसभा सकेर अघि बढेको टोली डोटीको सिलगढीमा बास बसेको थियो । आज सिलगढीबाट टोली अछाम पुगेको हो । स्थानीबासिन्दाहरुसँग अन्तरक्रिया गर्दै टोली अछामको साफेबगर पुगेको हो । त्यहाँ सभालाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले मुलुकको बिकास एमाले बाहेक अरु कसैले गर्न नसक्ने बताएका छन् । एमाले सरकारबाट हटेपछि देशको बिकास हुन नसकेको भन्दै मुलुकको बिकास एमाले बाहेक अरु कसैले गर्न नसक्ने उनको भनाई छ । गठबन्धन सरकारआएपछि अहिले देशमा अस्थीरता र अराजकता फैलिएको उनको जिकिर छ ।

अभियानको १९ औं दिन पुस २ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर टुंगिने कार्यतालिका छ । मध्यपहाडी लोकमार्गका विभिन्न स्थानहरुमा एमालेका नेता कार्यकर्ताहरु पदयात्रामा जोडिने छन् । पदयात्राको उद्देश्य स्थानीयसँग थप सम्बन्ध जोड्ने र त्यसको राष्ट्रिय सन्देश दिने छ । सरकारले गरिरहेका कामकोबारेमा जनतालाई बुझाउने र आगामी दिनमा एमालेको भूमिका थप शक्तिशाली बनाउने योजना अन्तर्गत एमालेले पदयात्रा गरेको हो । अभियान टुंगाएर फर्किपछि पुस ५ गते काठमाडौंमा औपचारिकरूपमा यात्रा समापन भएका सूचना सम्प्रेषण गर्ने एमालेले जनाएको छ ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode