खसि तथा च्याङ्ग्रा खरिदमा सहुलियत रकम बढ्यो
काठमाण्डौ । सरकारले खसि तथा च्याङ्ग्रा खरिदमा सहुलियत रकम बढाएको छ । चाडपर्वको बेला उपभोक्तालाई अझ सहज होस भनेर सरकारले सहुलियत रकम बढाएको हो ।
सरकारले सहुलियत दिएको जिउदो खसिको मूल्य प्रतिकिलो ६७० रुपैयाँ घटाएर ६५० रुपैयाँ कायम गरेको छ । त्यसैगरी च्याङ्ग्रा प्रतिकिलो १२५० रुपैयाँबाट घटाएर प्रतिकिलो १२२५ रुपैयाँ कायम गरेको उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले जनाएको छ । नयाँ मूल्य शुक्रबारदेखि लागु हुने छ ।
क्याटेगोरी : देश
प्रतिक्रिया