Techie IT
  • ४ चैत्र २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

कांग्रेस नेतृत्वको सरकारमा एमालेको प्रवेश, सत्ता गठबन्धनमा संकट


काठमाण्डौ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीलाई आइतबार प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्री कार्कीले आइतबार नै सानो आकारको मन्त्रिमण्डल पनि गठन गरेका छन् । शपथ ग्रहण पछि मुख्यमन्त्री केदार कार्कीले नवगठित सरकारले भौतिक विकास संगै मानविय विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । तोकिएको ३० दिन भित्र विश्वासको मत लिने जानकारी दिदै आफु सहमतिको सरकारको पक्षमा रहेको र ९३ जना सांसदहरुको समर्थनबाट सरकार चलाउने प्रयास रहने बताए ।

त्यस्तै एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेशमा देखिएको जातिय र धार्मिक सद्भाव विरोधी क्रियाकलाप अन्त्य गर्न र सहमतिका आधारमा प्रदेशको विकास र समृद्धिका लागि नवगठित सरकारले काम गर्नुपर्ने सुझाब दिए ।

यसैगरी प्रदेश प्रमुख खापुङले र्दुइ जना मन्त्रीहरु राम बहादुर राना र शमशेर राईलाई पनि पद तथा गोपनियताको शपथ ग्रहण गराए । नेकपा एमालेका प्रदेश सांसद राम बहादुर राना र नेपाली कांग्रेसका प्रदेश सांसद शमशेर राईलाई मन्त्रीपरिषदमा विना विभागिय तोकिएको छ ।

कोशी प्रदेशबाट सुरु भएको राजनीतिक विद्रोहले केन्द्रमा मात्र नभइ अन्य प्रदेशमा पनि सत्ता समीकरण संकटमा पर्ने देखिएको छ । कांग्रेसको संस्थापन इत्तर समूह कोशीको सफलतापछि थप रणनीतिका साथ अगाडी बढ्ने मनासायमा छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आडमा यो समूहले सिंगो सत्ता गठबन्धनलाई नै धरापमा पार्ने देखिएपछि सत्तारुढ दलहरु सशंकित देखिएका छन् ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode