Techie IT
  • २७ माघ २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

गायिका बुनु उप्रेतिमाथि कुटपिट, न्याय नपाएको गुनासो


काठमाण्डौ । गत वर्षको कार्तिक २७ गते ललितपुरको लुभुमा छिमेकीहरुको आक्रमणमा परेकी गायिका बुनु उप्रेतीले अझैपनि आफूले न्याय नपाएको भनेर गुनासो पोखेकी छिन् । उनले आफूमाथि छिमेकी महिलाहरु मिलेर निर्घात कुटपिट गरेको एक वर्ष पुग्न लाग्दापनि पीडकहरुलाई कारबाही नभएको गुनासो पोखेकी हुन् ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर गायिका उप्रेतीले देशमा कानूनी राज्य भए आफूलाई न्याय दिन सरकारसमक्ष अपिल गरेकी हुन् । पत्रकार सम्मेलनको क्रममा उनले पटक पटक छिमेकी महिलाहरुबाट यातना सहनुपरेको सुनाइन् । पछिल्लो ५ वर्षदेखि आफू अन्यायमा परेको उनको गुनासो छ । जिल्ला अदालतमा मुद्दा चलिरहेको अवस्थामा पनि आफूमाथि कुटपिट भएको उनको भनाई छ । कुटपिटका बेला प्रहरीले पनि सहयोग नगरेको उनको दाबी छ । आफूमाथि कुटपिट गर्नेविरुद्ध मुद्धा दर्ता गर्दा पनि कोही पनि पक्राउ नपरेको उनको भनाई छ ।

उनले भनिन्–‘गत वर्ष कार्तिक २७ गते मेरो घरको कम्पाउण्डभित्र पसेर सपना श्रेष्ठले एट्याग गर्नुभयो । मलाई धेरै नै कुटियो । म बेहोस थिएँ । मैले होस आउँदा भिडिओ खिच भनेर छोरीलाई भनेको थिएँ । ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्ने चाहना थियो । सातदोबाटो प्रहरी वृत्तमा मैले कार्तिक १० गते ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको थिएँ । प्रहरीले आक्रमण गर्नेहरुलाई पक्राउ गर्ने आश्वासन दिएको थियो । मैले त न्याय पाउँछु भन्ने ठानेकी थिएँ । तर, प्रहरीले अभद्र मुद्दामा दर्ता गर्ने भन्नुभयो ।’

उनले आफू आवाज उठाउनसक्ने योग्य महिला हुँदापनि प्रशासनबाट न्याय नपाएको भन्दै अरुको हालत के होला ? भनेर प्रश्नसमेत गरिन् ।

गत वर्ष ललितपुरको लुभुमा गायिका बुनु उप्रेतीमाथि छिमेकी महिलाहरु मिलेर निर्घात कुटपिट गरेको र लछारपछार गर्दै कुटपिट गरेको भिडियो सामाजिक सन्जालमा भाइरल भएको थियो । भिडियोमा उप्रेतीबाहेक एक किशोरीमाथि पनि लछारपछार भइरहेको देखिन्छ। समूहको आक्रमणमा पिटाई खाने ती किशोरी उप्रेतीकी छोरी थिईन् । उप्रेतीको घर अगाडिको बाटो र फोहोर फाल्ने विषयमा उप्रेती र छिमेकी महिलाहरुको समूहबीच लामो समयदेखि विवाद रहेको बताईन्छ ।


क्याटेगोरी : देश

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode