Techie IT
  • २३ मंसीर २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

एनआरएनए आईसीसीको सह-कोषाध्यक्षमा ददीवल खड्काको बलियो सम्भावना


जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसीको सह–कोषाध्यक्षमा जापानबाट समाजसेवी, सफल व्यवसायी ददीवल खड्काले उम्मेद्वारी दिने घोषणा संगै जीतने सम्भावना बलियो भएको छ । वर्तमान एसिया प्यासिफिक उप–संयोजक खड्काले आगामी कार्यकाल (२०२३–०२५)को लागि आइसीसीको सह कोषाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेसंगै ब्यापक सहयोग जुटेको छ ।

जापानमा सफल ब्यवसायीको रूपमा परिचित सहयोगी मन भएका खड्काले निस्वार्थ सेवाको प्रतिबद्धतासहित उम्मेद्वारी दिने घोषणा गरेका हुन् । जापानको मुख्य शहरहरुमा रेष्टुरेण्ट लगाएत व्यवसायी गर्दैआएका खड्काले एनआरएनए आइसीसी सह–कोषाध्यक्ष पदमा सशक्त उम्मेद्वारी दिने र एशिया, यूरोप, अमेरिका, मेड़ल एस्ट लगाएत मुलुकका एनआरएनए अभियन्ताहरुलाई सहयोग गर्न अपील गरेका छन् ।

एनआरएनए आइसीसी सदस्य, एसीयाको डीआरसी हुदै मोना जापानको सल्लाहकार हाल मोना आइसीसीको वरिष्ठ उपाध्यक्ष, नेपाली ब्यवसायी संघ जापानको वरिष्ठ उपाध्यक्ष लगाएत जापानको विभिन्न संघ–संस्थामा आवद्ध खड्काले सामाजिक कार्यको लागि जापानको नेपाली संघ–संस्थाका कार्यक्रमहरु र मातृभूमिमा गरीबको लागि घर निर्माण देखी विद्यालयमा सकेको सहयोग गर्दै आएका छन् ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode