Techie IT
  • २५ कात्तिक २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

सुन प्रकरणको प्रतिवेदन तयार, यस्तो छ नालीबेली


काठमाण्डौ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ’ब्रेक सु’ लगायतका माध्यमबाट भएको सुन तस्करी प्रकरणको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेस गरेको छ । सीआईबीले ३ अर्ब ५० करोड २ लाख १६ हजार ५ सय ५२ रुपैयाँ बराबरको सुन तस्करी भएको दाबी गर्दै त्यति नै बराबरको बिगो कायम गरी मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय पेस गरेको हो । विभिन्न माध्यमबाट पछिल्लो समय ३ क्विन्टल ७८८ ग्राम सुन तस्करी भएको अनुसन्धानबाट पत्ता लागेको दाबी सीआईबीले गरेको छ ।

यस प्रकरणमा संलग्न २६ जनाविरुद्ध मुद्दा चलाउन राय दिइएको छ । यो प्रकरणमा हालसम्म ३२ जना पक्राउ परिसकेका छन् । ती मध्ये २६ जनालाई मुद्दा दायर गर्न राय दिइएको छ । पक्राउ पर्नेमा ७ जना चिनियाँ, ७ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारी, भारतीय नागरिक थाप्तेन छिरिङ र बेल्जियन नागरिक दावा छिरिङ छन् । नेपालका ‘हाई प्रोफाइल’सँग सम्पर्कमा रहेका दावा छिरिङ सुन तस्करीको मुख्य योजनाकार नभएको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान निष्कर्ष छ ।

आरोपिमध्ये १८ जना फरार छन् । फरार मध्ये १४ जना विदेशी नागरिक हुन् । सुन तस्करीको प्रकरण अनुसन्धानलाई जारी राख्दै मुद्दा चलाउने गरी राय दिएको हो । त्यसैगरी सुन अवैध पैठारी गर्न खडा गरिएका अन्य पाँच वटा कम्पनीहरू मार्फत ल्याईएको सुनको विवरणको पनि थप अनुसन्धान जारी राखिएको सीआईबीले जानकारी दिएको छ । सीआईबीले सुनको अवैध पैठारी अन्तरदेशीय आपराधिक संगठित सञ्जाल नै सक्रिय रहेको निष्कर्ष निकालेको छ । उनीहरुमाथि विभिन्न सातवटा कसुर लगाउन सिफारिस गरिएको छ ।

भन्सार ऐन, सङ्गठित अपराध, नेपाल राष्ट्र बैंक ऐन, अपराधसंहिता, नेपाल नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार कारबारहीका लागि सिफारिस गर्ने गरी अनुसन्धान प्रतिवेदन तयार पारिएकोे छ । सिआइबीले प्रत्यक्षरुपमा ४२ जनाको टोलीले ३५ दिनसम्म अनुसन्धान गरेको थियो ।

प्राविधिक पाटोसहितलाई हेरेर अनुसन्धानलाई थप वैज्ञानिक बनाउने काम गरिएको छ । तस्करहरुले विभिन्न सातवटा कम्पनीबाट सुन तस्करी भएको र अहिले रेडी ट्रेडका नाममा आएको सुनको मात्रै अनुसन्धान सकिएको हो । गत साउन २ गते राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगल स्थित त्रि.वि. भन्सार कार्यालय परिसर बाहिरबाट ट्यागसीमा गाडीको ब्रेक प्याड १६० सेट सहित ८ कार्टुन बरामद गरेको थियो । बरामद भएको उक्त ब्रेक प्याडमा अवैध सुन भएको पुष्टि भएको थियो । त्यसमा करिब ६१ केजी सुन भेटिएको थियो ।

 


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode