Techie IT
  • ४ माघ २०८१, शुक्रबार
  • काठमाडौं
Khoj Mission News

बाउल्स सेक्युरिटी सर्भिस प्रालिका संचालक सुर्य प्रसाद गौतम पक्राउ


ललितपुर । बाउल्स सेक्युरिटी सर्भिस प्रालिका संचालक सुर्य प्रसाद गौतम (रमेस) इमाडोल १ बाट पक्राउ परेका छन । गौतमविरुद्ध २०८० भाद्र १० गते जिल्ला अदालत लगनखेलबाट अपराधिक बिश्वास घातमा पक्राउ पुर्जी जारी भएको थियो । निज २०६५ साल देखि सत्कार सेक्युरिटी सर्भिस प्रालिमा सुपरभाइजर सहित लेखाको काम गर्थे । २०७७ असोजमा उनी सेवाबाट राजीनामा दिएर सत्कार बिरुद्ध श्रम कार्यलयमा सेव सुविधा नपाएको भन्दै मुद्दा हालेर सत्कारका संचालक अनिता घिमिरेलाई दुःख दिदै आएका थिए ।

सुर्य प्रसाद सहित अन्य श्रमिकले पाउनु पर्ने रकम १०७९ कार्तिक २४ गते श्रमको निर्णय अनुसार १५ प्रतिसत ब्याज सहित किस्ताबन्दी मा दिने सहमती भएको थियो । उनी कार्यलयमा नआई फेस बुक म्यासेन्जर बाट राजीनामा पत्र, हिसाब, सरसमान र सत्कार सेक्युरिटी प्राली को कनेक्ट आई पि एस को युजर आइडी र पासवर्ड पठाएका थिए ।

निज सुर्य प्रसाद गौतमले पठाएको आइ पि एस खोली हेर्दा निजले बिभिन्न समयमा आफ्नो कम्पनीको भ्याट आफ्नो र आफ्नो आफन्त को नाममा विभिन्न मितिमा १६ लाख ८० हजार रुपैयाँ कनेक्ट आइपिएसबाट रकम ट्रासफर गरेको देखिन्छ । २०८० जेठमा प्रहरी परिसर जाउलाखेलमा छलफलका लागि बोलाउदा उनले उच्च अदालत पाटनबाट निषेधआज्ञा लिएर आएका थिए । हाल उनलाई अपराधिक विश्वासघातमा जिल्ला प्रहरी परिसर जाउलाखेलले अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode