खुकुरी आतंकविरुद्ध तरुण दलको विरोध प्रदर्शन, गृहमन्त्रीको राजीनामा माग
काठमाण्डौ । नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोध गर्दै नेपाल तरुण दलले काठमाडौंमा विरोध र्याली निकालेको छ । राज्यले सुरक्षाको प्रत्याभूति नगर्दा आफ्ना नेतामाथि आक्रमण भएको र आक्रमण गर्नलाई कडा कारवाही गर्नुपर्ने माग राख्दै तरुण दलले शुक्रबार काठमाडौंमा विरोध र्याली आयोजना गरेको हो ।काठमाडौंको रत्नपार्कबाट सुरु भएको र्याली जमल घण्टाघर हुदै पुन रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।
प्रदर्शनमा सहभागीहरुले सुरक्षा प्रदान गर्न नसकेको भन्दै गृहमन्त्रीको राजीनामा समेत माग गरेका छन् । तरुण दलका केन्द्रीय सदस्य दिनेश राईले अराजक तत्वहरुले नेताहरुमाथि आक्रमण हुँदा पनि शान्ति सुरक्षा कायम हुन नसकेकाले बाध्य भएर विरोध प्रदर्शन गर्नुपरेको बताए । उता सरकारले भने घटनाको अनुसन्धान गर्ने जवाफ दिएको छ । सरकारी प्रवक्ता रेखा शर्माले यादवमाथि भएको आक्रमण उचित नभएको भन्दै अनुसन्धानपछि रिपोर्ट सार्वजनिक गरिने जानकारी दिएकी हुन् ।
बुधबार नेता यादवलाई रिपोर्टर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा भृकुटिमण्डपमा खुकुरी प्रहार भएको थियो ।
क्याटेगोरी : देश
प्रतिक्रिया