Techie IT
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Khoj Mission News

मैले ऐतिहासिक कामको सुरुवात गरेको छु : प्रचण्ड


काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले इतिहासले नै सम्झिने गरी कयौं सहासिक र जनपक्षीय कामको सुरुआत गरेको बताएका छन् । आज पार्टीको तीन महिने विशेष रुपान्तरण अभियानको भर्चुअल रुपमा उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको सरकारले इतिहास लेखिने गरी सामाजिक न्याय र सुशासनको पक्षमा काम गरेको बताएका हुन् । प्रचण्डले भने, ‘सरकारले इतिहासले नै सम्झिने गरी कयौं सहासिक र जनपक्षीय कामहरु अगाडि बढाएको छ ।’

सरकारले विकास र समृद्धिलाई समेत प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै उनले अहिले जनतामा निराशा छोडेर आशा र भरोभाको वातावरण बढेको दाबी गरे । जनतामा सरकार र प्रणालीप्रतिको विश्वास बढ्दै गएको उनको भनाइ छ । उनले नक्कली भुटानी शरणार्थी, ललिता निवास र सुन तस्करी प्रकरणको कारबाहीले राज्य शक्तिको दुरुपयोगबाट भएका अपराध कर्मको पर्दाफास गरिएको बताए । साथै प्रचण्डले पार्टीको रुपान्तरण अभियानले पार्टीलाई सक्षम बनाउने विश्वास व्यक्त गरे ।

सिंगो पार्टी एकढिक्का भएर अघि बढे सबै चुनौतीको सामना गर्न सकिने बताउँदै उनले देशैकै बलियो पार्टीका रुपमा रुपान्तरण गर्न सकिने दाबी गरे । पार्टीको जीवनका लागि र देशको उज्वल भविष्यका लागि यो अभियान सुरु गरेको भन्दै उनले यसले जनसम्बन्ध बलियो बनाउने बताए ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode