सरकारको स्थायित्वमा शंका नगर्न उपप्रधानमन्त्री खड्काको आग्रह
काठमाण्डौ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान गठबन्धन सरकारको स्थायित्वका विषयमा शङ्का गर्ने कुनै ठाउँ नभएको बताएका छन् । नेपाल टेलरिङ व्यवसायी महासङ्घको राष्ट्रिय महाधिवेशनलाई आज सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले वर्तमान सरकार नागरिकलाई सुशासनको प्रत्याभूति दिलाइ भ्रष्टाचार नियन्त्रण गर्ने गरी काम गरिहेकाले जनताको पूर्ण समर्थन पाएको बताएका हुन् । उनले सरकारको स्थायित्वमा कुनै शङ्का नगर्न सबैलाई आग्रह गरे । गठबन्धन दलहरूले मिलेर अगाडि बढेकाले सरकारको स्थायित्वमा शंका गर्ने ठाउँ नभएको उनको भनाइ छ ।
सरकार मुलुकको आर्थिक अवस्था सुधारमा लागेको भन्दै यसको परिणाम छिट्टै देखिने उनको भनाइ थियो । उपप्रधानमन्त्री खड्काले सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राख्दै आर्थिक सुधारको दिशामा अघि बढेको स्पष्ट पारेका छन् । नेपालमा उद्यमदेखि रोजगारी सृजना गर्नमा समेत साना व्यवसायी तथा टेलरिङ व्यवसायीको महत्वपूर्ण भूमिका रहेको भन्दै टेलरिङ व्यवसायलाई थप सुधार गर्न सरकार सधै तयार रहेको पनि बताए ।
क्याटेगोरी : देश
प्रतिक्रिया