Techie IT
  • ८ माघ २०८१, मंगलबार
  • काठमाडौं
Khoj Mission News

भव्यताका साथ सम्पन्न भयो २२ दिने बेकरी तालिम (तस्विर)


काठमाडौं । गत २०८० साल असार १४ गतेबाट प्रारम्भ भएको कपन महिला समाज नेपाल र बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को संयुक्त आयोजना संन्चालित २२ दिने बेकरी तालिमको आज समापन भएको छ । उक्त कार्यक्रम कपन स्थित कपन महिला समाज नेपालको हलमा भएको थियो । आर्थिक बर्ष ७९÷८० मा विनियोजित बजेटबाट संन्चालन गरिएको २२ दिने तालिममा ४३ जना सहभागी थिए ।

कपन महिला समाज नेपाल कि सचीव पुष्पा खड्का थापा द्वारा संन्चालित उक्त समापन कार्यक्रममा प्रमुख अथिती बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी , विशेष अतिथी बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का वडा अध्यक्ष शम्भु भट्टराई , वडा नं १२ का वडा सदस्य शान्ता ढकाल, कपन महिला समाज नेपाल कि उपाध्यक्ष पम्फा श्रेष्ठ लगायत तालिममा सहभागी विद्यार्थीहरु सहभागी थिए ।

कार्यक्रमको उद्घाटन नगरपालिका प्रमुख मिठाराम अधिकारी र अध्यक्ष शम्भु भट्टराईले केक काटेर गरेका थिए । तालिम अवधिभर आफुले सिकेको अनुभव सुनाउदै उमेश थापाले कम समयमा पनि धेरै सीप सिक्ने अवसर प्रदान गरेकोमा वडा नं १२ र सिङ्गो बुढानिलकण्ठ नगरपालिकाकालाई धन्यवाद व्यक्त गरे साथै रन्जु भट्टराईले तालिकाको अवधी अझै थप्नको निम्ति आग्रह गर्दै आफ्नो कार्यकालमा समाजका निम्ति अतुलनीय भुमिमा निर्वाह गर्न जनप्रतिनिधिहरु समक्ष अनुरोध गरिन ।

यसैगरी कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वडा नं १२ कि वडा सदस्य शान्ता ढकालले यो तालिम अवधिभर आफुले सिकेको अनुभवलाई व्यबहारमा उतार्न सम्पुर्ण सहभागीलाई अपिल गरिन ।

वडा नं १२ को संयोजकत्वमा सम्पन्न भएको उक्त तालिममा अध्यक्ष शम्भु भट्टराईले आफ्नो वडामा बिगत लामो समयदेखि धेरै किसिमका तालिमहरु आयोजना गरिदै आएको बताए । सिलाईबुनाई , मन्टेस्वरी जस्ता तालिममा पनि धेरैले सीप सिकेको र त्यो तालिम सम्पन्न भएपश्चात पनि अहिले आफू स्वयम् ब्यबसाय संन्चालन गर्दै रोजगारी बनेको उदाहरण समेत धेरै रहेको सुनाए ।

बेकरिको क्षेत्रमा पनि केही तालिम ल्याउनुपर्छ । रोजगारिका लागि बिदेश पलायन हुने दर घटाउन र आफ्नो वडामा पनि रोजगारको क्षेत्रलाई बृहत बनाउन तालिम संन्चालन गरेको हुँदा हरेक विद्यार्थीलाई आफुले सिकेको सिपलाई लागू गर्नको निम्ति पनि अनुरोध गरे । हिजो चुनावमा आफुलाई विजयी बनाउन लागिपरेका जनताको निम्ति अहिले आफुले पनि केही गर्नपर्छ भन्ने सोचका साथ निरन्तर अगाडि बढिरहेको भट्टराईले बताए । ब्यापार भनेको प्रतिस्पर्धा हो तरपनी यो प्रतिस्पर्धालाई सहजै स्विकार्दै अगाडि बढेर वडाले गरेको तालिमको उचित सदुपयोग गरि पछि ब्यापार ब्यबसायमा सफल भएको सुन्नका निम्ति आफू आत्तुर रहेको पनि बताए ।

कार्यक्रममा सहभागी ४३ जना विद्यार्थीहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो भने तालिममा प्रशिक्षकको भुमिका निभाएकोमा शिवहरी मानन्धर र सह–प्रशिक्षक पम्फा श्रेष्ठलाई प्रशंसापत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रममा आफ्नो अन्तिम मन्तव्य राख्दै प्रमुख अतिथि नगरपालिका प्रमुख मिठाराम अधिकारीले नेपालमा अहिले बेरोजगारीको तथ्यांक बढ्दै जानुको कारण सीप नसिकेर र सिकेको सिपको सहि सदुपयोग गर्न नसक्दा धेरै मानिसहरु भौतारिन परिरहेको अवस्थामा आफ्नो नगरमा यसरी विभिन्न तालिमहरु गराईरहन पाउँदा सन्तुष्टि मिलेको बताए । साथै अधिकारीले नगरमा अझै छलफल गर्ने र यदि अझै तालिम लिनको लागि इच्छा भएमा पुन तालिम संन्चालन गर्ने समेत प्रतिबद्धता दिए ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode