Techie IT
  • १९ मंसीर २०८०, मंगलबार
  • काठमाडौं
Khoj Mission News

धान दिवस मनाइयो, रोपाई ११ प्रतिशत मात्रै


काठमाण्डौ । सरकारले यस वर्ष पनि ‘जलवायु अनुकूलित कृषिमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ २०औँ धान दिवस मनाएको छ । तर किसानको समस्या भने समाधान हुन सकेको छैन ।

मल, बीउ, सिँचाइ समस्या र मनसुनका कारण गत वर्षभन्दा कम रोपाइँ भएको छ । २०८०÷८१ मा १४ लाख ९६ हजार ३ सय ६ हेक्टरमा रोपाइँ हुने प्रक्षेपण गरिएकामा बुधबारसम्म १ लाख ६६ हजार ६ सय २३ हेक्टर अर्थात ११.१४ प्रतिशत मात्रै रोपाई भएको छ । २०७९÷८० मा ५४ लाख ८६ हजार ४ सय ७२ टन धान उत्पादन भएको छ । यो परिमाण २०७८÷७९ को तुलनामा ३ लाख ५५ हजार ८ सय ४७ टन बढी हो ।

उत्पादन केही बढे पनि आयात पनि अर्बौं रुपैयाँको भएको छ । भन्सार विभागको तथ्यांकअनुसार २०७८÷७९ मा ४५ अर्ब ५७ करोड र २०७९÷८० को ११ महिनामा ३३ अर्ब ६३ करोड रुपैयाँको को धानचामल आयात भएको छ । किसान वर्षभरका लागि छाक जुटाउन असार महिना खेतीमा व्यस्त हुन्छन् । असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् ।

यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । नेपाल सरकारको ०६१ मंसिर २९ को मन्त्रीस्तरीय घोषणाले प्रत्येक वर्षको असार १५ लाई ‘धान दिवस’ मनाउने निर्णय गरेपछि १५ असारलाई धान दिवसका मनाउन थालिएको हो ।


क्याटेगोरी : देश

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode